शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

सिद्धाराका ब्लड क्यान्सर पिडित चुडामणी थापाको जिवन रक्षाका लागि सहयोगको अपिल

🇳🇵नमस्कार सबै शितगंगाबासी, अर्घाखाँचीबासी तथा नेपालीमनहरुमा 🇳🇵

गणेश बेल्बासे संगम । अर्घाखाँचीको शितगंगा नगरपालिका १० हर्रे सामकोट घर भई श्री जनजागृति मावि सिद्धारामा आफुलाई अति अनुशासित र अब्बल विद्यार्थी साबित गर्दै एस.इ.इ. गरि अहिले काठमाडौमा आफ्नो शैक्षिक निरन्तरताको लागि अहोरात्र खट्दै गरेका साथै मास्टरसको अन्तिम परीक्षा दिएर थेसिस लेख्दै गरेका चुडामणी थापा ब्लडक्यान्सरबाट पिडित बनेका छन ।

 

हाल काठमाडौ शिक्षण अस्पतालमा स्वास्थ लाभ सहित सामान्य जिन्दगिमा फर्कने आशा बोकि रोग सँग लडिरहेका छन । उनको घरको सामान्य रकम र आफन्तहरुको भरोसा र सहयोगमामा उपचार हुदैछ । हामी उनको स्वास्थ लाभको कामना गर्दछौँ । सानै उमेर भएकोले आफू कमाउने योग्य नबनी सकेको र सामान्य परिवारको बलमा उपचार सम्भव नहुने रोग भएकोले हामी सबै शुभचिन्तकहरुको प्रार्थना र सहयोगको उनलाई अति खाँचो परेको छ । अब सबै तह, तप्का र क्षेत्रका व्यक्ति सबै मिली उनको जिवन रक्षाको लागि उनको परिवारले सबैसँग अनुरोध गरेको छ । आफन्त , नातागोता, शैक्षिक, संस्था हाम्रो गाउँ समाज, वडा नगरपालिका सहित देश विदेश जहाँबाट जसरी सहयोग जुटाउन समन्वयकारी भुमिकाको लागि अनुरोध छ ।

सबै सिद्धाराबासी सहित अर्घाखाँची बासी लगाएत देश विदेशमा रहने नेपाली दाजुभाई दिदिबहिनी सबैसंग उनको जिवन रक्षाको लागि अपिल छ । शिघ्र स्वास्थ लाभको कामना ।

जानकारीको लागि।
Chudamani Thapa

984-7593827