बुधबार, असार ४, २०८२

बुद्धभुमि १ पत्थरकोटमा गाइको संरक्षणको लागि गौशाला निर्माण हुने

कपिलवस्तुको बुद्धभुमि १ मा रहेका सामुदायिक वनहरु हरिओम खोला सामुदायिक वन उपभोक्ता समुह , कपिलमुनि सामुदायिक वन उपभोक्ता समुह,मजुरे डाँडा सामुदायिक बन उपभोक्ता समुह र गैंडे सामुदायिक वन उपभोक्ता समुहको संयुक्त प्रयासमा करिब दुई सय गाइ अट्ने गौशाला निर्माण गर्ने निर्णय भएको छ ।

बैठकमा गौशाला निर्माणको लागि पाँच सदस्यीय समिति गठन गरिएको छ जस्को अध्यक्षमा तारा बहादुर गुरुङ सचिवमा बसन्त प्रसाद अधिकारी कोषाध्यक्षमा प्रदीप बि सी
सदस्यमा सुर्य प्रसाद भुसाल र नेत्र प्रसाद भट्टराई रहनुभएको छ ।

छाडा चौपायाका कारण उपभोक्ताका खेति नस्ट हुने र छडा चौपायाका कारण दुर्घटना भइ मानिस र गाइ लगायतका चौपायाको मृत्यु हुने क्रम बढेकोले गौशाला निर्माण गर्न लागिएको हरिओम खोला सामुदायिक वनका अध्यक्ष बसन्त अधिकारीले बताउनुभयो ।

उक्त गौशाला १ महिना भित्र निर्माण सम्पन्न गरि संचालनमा ल्याइने मजुरे सामुदायिक वनका अध्यक्ष प्रदिप बि सी ले बताउनुभयो ।

वन समुह द्वारा निर्माण हुने गौशालाको संरक्षणमा टोल विकास समिति र स्थानिय क्लवको समेत सहयोग रहने समितिले बताएको छ ।