शिब खनाल,रातो प्रेस डट कम
२०८१ असार १४ गते ।
बुद्धभुमि नगरपालिका भित्रका पाँच वटा सहकारी संस्थाहरु श्री साना किसान कृषि सहकारी संस्था लि.बुड्ढी,श्री जयबुद्ध बहुउद्देशिय सहकारी संस्था लि.गोरुसिङ्गे,श्री पुलचोक कृषि सहकारी संस्था लि.इमिलिया,श्री एकिकृत कृषि तथा सहकारी संस्था लि.गोरुसिङ्गे,श्री बुद्धभूमि कृषि सहकारी संस्था लि.बुड्ढीको सयुक्त आयोजनामा नगर स्तरिय निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । आयोजक सहकारी संस्थाहरु मध्येबाट जयबुद्ध बहुउद्देशिय सहकारी संस्था लि.का अध्यक्ष राजेन्द्र सुवेदीको अध्यक्षता र बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशब कुमार श्रेष्ठ को प्रमुख आतिथ्यता र बुद्धभमि नगरपालिकाका सहकारी शाखा प्रमुख विजय भुसालको विशिष्ट आतिथ्यतामा उत्त कार्यक्रम सम्पन्न भएको छ । “सामुदायिक बिकास र गरिबि निवारणमा सहकारी संस्थाको भुमिका” शिर्षकमा माध्यमिक तह स्तरिय निबन्ध प्रतियोगितामा नौ वटा माध्यमिक तहका विद्यालयहरु सहभागी रहेका थिए जस मध्ये श्री माध्यमिक विद्यालय ईमिलियाकि छात्रा पुष्पा आचार्य ७४.८३ अंक सहित प्रथम स्थान हासिल गरेकी छन् त्यसै गरि ७३.४१ अंक सहित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रनगाईका छात्र अनुप खरालले दोस्रो स्थान हासिल गरेका छन र ७०.६६ अंक सहित श्री सिद्धार्थ स्मारक माध्यमिक विद्यालय भेलाईका छात्र प्रमोद आचार्यले तेस्रो स्थान हासिल गरेका छन र ६९.९१ अंक सहित श्री धनकौली माध्यमिक विद्यालयका छात्र मोहमद जसिम मुसलवानले सान्तवना स्थान हासिल गरेका छन् । उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले सहकारीले ऋण लिने र ऋण दिने मात्र नभई अगामि दिनहरुमा नगरभित्र रहेका सम्पुर्ण सहकारीहरु एक जुट भई यि र यस्ता खाले अत्तिरिक्त कार्यक्रम गरी शिक्षा क्षेत्रमा विषेश जोड दिन आग्रह गर्नुभयो । सोहि कार्यक्रममा बोल्दै विशिष्ट अतिथि विजय भुसालले शिक्षा क्षेत्रमा सहकारिले सुरु गरेको सकरात्मक कार्यको प्रसंसा गर्दे यसले समाजमा सकारात्मक सन्देश जाने बताउनुभयो ।
श्री साना किसान कृषि सहकारी संस्था लि.बुड्ढीका अध्यक्ष राम प्रसाद चौधरीको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन भने श्री बुद्धभूमि कृषि सहकारी संस्था लि.बुड्ढीका सचिव बेद प्रसाद पन्थीले गर्नुभएको थियो ।