शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

सरकारी स्कुलमा डेड वर्ष सम्म भएन शिक्षा शाखाकाे अनुगमन

कपिलवस्तुको बुद्धभुमि ८ स्थित श्री माध्यमिक विद्यालय निमडाडामा अनुगमनका लागि शिक्षाका कर्मचारी नगएको डेड वर्ष नाघेको छ । गत २०७७ साल चैत्र ८ गते नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद भट्टराई र २०७९ कार्तिक २४ गते सम्म मात्र प्राविधिक सहायक माधव पौडेलले अनुगमन गरेको विद्यालयको अनुगमन पुस्तिकामा उल्लेख छ ।

माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहलाई हस्तान्तरण भइसकेपछि विद्यालय अनुगमन, निरीक्षण तथा नियमन खासै हुन सकेको छैन । स्थानीय तहमा कर्मचारी अभाव भएर हो या के कारणले हो अनुगमन ठ्याक्कै रोकिएको स्थानियहरुको भनाई छ ।
विद्यालय कसरी सञ्चालन भइरहेका छन् ? विद्यालयभित्रका समस्या के छन् ? कक्षा कोठाभित्रको पठन–पाठनको अवस्था कस्तो छ ? जस्ता विषयमा यतिबेला स्थानीय तहका शिक्षा निकायहरू बेखबर छन् ।