मङ्लबार, मंसिर २५, २०८१

विश्व सामु नेपाली विर , झुकेको कहाँ छ र !

विश्व सामु नेपाली विर , झुकेको कहाँ छ र !
सगरमाथा गौरव हाम्रो , लुकेको कहाँ छ र !

नालापानी कालापानी , लडेका हुन् पू्र्खाहरु
नेपालीको रगत अझै , सुकेको कहाँ छ र !

इतिहासका पानाहरु , पल्टाएर हेर्दा हुन्छ
नेपालीको निशाना , चुकेको कहाँ छ र !

आउ सक्छौं भने अझै , हतियार उठाएर
रणभुमिमा नेपाली विर , रुकेको कहाँ छ र !

विविधतामा एकता , हाम्रो विशेषता हो
भाइचाराको हाणेगाठो , फुकेको कहाँ छ र !

राष्ट्रिय प्राजातान्त्रिक युवा संगठन कैलाली जिल्ला वरिष्ठ उपाध्यक्ष
बैकुण्ठ बजगाईं