
सलमान अहमद, कपिलवस्तु
जिल्लाको महाराजगंज नगरपालिका वार्ड नम्बर ९ मा पर्ने मदरसा अहिले सुन्नत नुरुल्वलुम मुस्लिम बिधालयमा भौतिक संरचना कमजोर र आवस्यक सामाग्रीको अभावका कारण विद्यार्थीहरु भुईंमा बसेर पढ्न वाध्य बनेका छन् ।
दुइ सय भन्दा माथि विद्यार्थी रहेको यस विद्यालयमा नगरपालिका अथवा सम्वन्धित निकायको ध्यान नपुग्दा विद्यालयमा अहिले विद्यार्थीलाई बस्न र अध्ययन गर्न कठिन भएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अजमल शाहले बताउनुभयो ।
५० वर्ष पुरानो स्कुलमा अहिलेसम्म कुनै निकायबाट अनुगमन समेत नभएको र स्थानीय निकाय प्रमुख मुस्लिम रहेता पनि खासै चासो नराखेको स्थानियहरुको गुनासो छ ।
उक्त स्कुलमा शिक्षा शाखाबाट समेत न त अनुगमन न त कुनै चासो रहेको अध्यक्ष अजमल शाहले बताउनु भयो ।
विद्यालयको लागि डेस्क बेन्च लगायतका सामाग्री तथा निर्माणाधिन अलपत्र भवनको लागि बजेट माग गर्न पटक पटक नगरपालिका पुग्दा समेत कुनै सुनुवाइ नभएको अध्यक्ष शाहले बताउनुभयो।
उक्त विद्यालयमा अहिले कक्षा आठ सम्म अध्यापन हुँदै आएको छ।