शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

समाजसेवी पुष्कर खनालद्वारा विद्यार्थीलाई स्वीटर वितरण

रातोप्रेस/अर्घाखाँची ।

चिसाे समयमा आर्थिक रुपमा विपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा किन्न मुस्किल हुन्छ । एक सरो कपडाकाे भरमा चिसाे छल्दै विद्यालयमा अध्ययन गर्न जानुपर्ने बाध्य विद्यार्थीहरूमा छ ।

 

चिसाेका कारण विद्यार्थीहरु विद्यालय जान समेत समस्या भएकाे छ । यस्ता यावत समस्याहरू भोग्दै आएका एक विद्यालयका विद्यार्थीहरू लाई समाजसेवी तथा अभियान्ता पुष्कर खनाललले विपन्न परिवारका विद्यार्थीलाई स्वीटर वितरण गर्नुभएको छ । अर्घाखाँचीको नगरपालिका-११ खयरभट्टी स्थित शम्भु आधारभूत विद्यालयका ५१ जना विद्यार्थीलाई खनालले स्वीटर वितरण गर्नुभएको हो ।

खनाललेले बलविकास देखि ५ सम्मका विद्यार्थीलाई विद्यालयमै पुगेर एक/एक थान स्वीटर वितरण गरेपछि विद्यार्थीले राहतको महशुस गरेका छन् ।

चिसाे मौसमको समयमा सबैको न्यानो कपडा नभएकाे अवस्थामा स्वीटर वितरणले विपन्न विद्यार्थीलाई राहत मिलेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्ण बहादुर कुवँरको भनाइ छ ।

चिसाेमा न्यानो लुगा किन्न नसक्ने विद्यार्थीका अभिभावकहरूलाई समेत थप प्रोत्साहन भएको भन्दै विद्यालयका प्रअ टेकलाल शर्माले दाता खनाललाई धन्यवाद व्यक्त गर्नुभयो ।

हरेक वर्ष विभिन्न विद्यालयमा पुगेर विभिन्न खालका सहयोग गर्दै आउनु भएका खनालले यस वर्ष विपन्न परिवारका विद्यार्थीलाई चिसोबाट जोगाउन स्वीटर वितरण गरेको खनालले बताउनुभयो ।

उहाँले आफ्नो आयस्रोतको केही हिस्सा सामाजिक क्षेत्रमा लगानी गर्ने योजना अनुसार विगतका वर्षहरूदेखि अभियान शुरु गरेको जानकारी दिनुभएको छ ।

एक शाकाहारी जिवन अंगालेका खनाल एक युवा व्यवसायीका साथै रातो प्रेस डटकमका धर्म ब्युरो प्रमुख समेत हुनुहुन्छ ।