शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

वडा अध्यक्ष भुसालले देखाए शिक्षा क्षेत्र सुधारमा अग्रसर

अर्घाखाँची । देशकै ठुलो नगरपालिका शितगंगा नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष नवराज भुसालले आफ्नो वडा अन्तर्गत रहेका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागी अग्रसरता देखाएका छन ।

नवराज भुसाल वडा अध्यक्षको पदमा निर्वाचित भए देखि नै आफ्नो वडा भित्र शिक्षामा केही नयां तथा अनुकरणिय काम गरेको देखिन्छ । भौगोलिक रुपले बिकट रहेको त्यस वडामा शिक्षाको स्तर पनि न्युन रहेको छ । आर्थिक तथा शैक्षिक दृष्टिकोणले कमजोर रहेको पालिकामा सुधार गर्नुपर्ने धेरै क्षेत्र भएपनि आफुले शिक्षालाई पहिलो प्राथमिकता राखेको बताउने भुसालले आफ्नो पहिलो आ.व. को बजेटमा नगरपालिका मै पहिलोपटक नगर स्तरिय अन्तर माध्यमिक विद्यालय तह वतृत्वकला प्रतियोगिता आयोजना गरी केही नयाँ तथा फरकपनको झल्को दिएका थिए ।

शिक्षामा एकपछि अर्को अनुकरणिय कार्य गदै आएका वडा अध्यक्ष नवराज भुसालले यहि सोमबार देखि वडाका कुनैपनि विद्यालयमा राजनैतिक दलका कार्यक्रम गर्न नदिने, शैक्षिक भ्रमणको नाममा हुने वेथितीलाई नियमन गर्ने निर्देशनले शिक्षा क्षेत्रमा फेरी अर्को तरगं पैदा गरेको छ । पहिला ९ वटा सामुदायिक विद्यालय रहेको वडाको बिकट वस्ती बेलखोलामा यसै शैक्षिक शत्रबाट बालबिकास कक्षा सञ्चालनमा आए संगै १ माध्यामिक विद्यालय सहित १० वटा सामुदायिक विद्यालय रहेको त्यस वडाको विद्यालय शिक्षा सुधारका लागि प्रत्येक महिना अनिवार्य प्रअ बैठक राखि आवश्यक निर्देशन तथा सहजिकरण गर्न आफै उपस्थित हुने गरेको वडाको लिडर विद्यालयका प्रधानध्यापक राम प्रसाद थारूले बताए ।

वडा अन्तरगतका सबै विद्यालयमा रहेक शुक्रबार अतिरिक्त कृयाकलापलाई अनिवार्य गर्ने, नियमित विद्यालय अनुगमन गर्ने, दिवा खाजा कार्यक्रम व्यवस्थित गर्ने, विभिन्न नमुना विद्यालयसंग अन्तरकृया तथा अवलोकन कार्यक्रम, आधारभुत तह हाजिरिजवाफ प्रतियोगिता गर्दै आएका अध्यक्ष भुसालले यसै शैक्षिक शत्रदेखि अर्घाखाचिमै पहिलोपटक वडा स्तरबाट प्रश्नपत्र तयार गरी विद्यार्थी मुल्याङकन प्रभावकारी बनाउन खोजिएको बताएका छन ।

वडा तहमै पहिलोपटक प्रश्नप्रत्र निर्माणका लागि सबै विद्यालयबाट १/१ जना बिषय शिक्षक रहेको प्रश्नपत्र निर्माण समिति गठन गरि तयार पारिएका प्रश्नपत्र छपाई र उत्तर पुस्तिका खरिदको सम्पुर्ण खर्च वडाबाटै व्यस्थापन गरिएको अध्यक्ष भुसालले बताए ।

वडा अन्तरगतका प्रायः सबै विद्यालयमा शैक्षिक जनशक्ति अभाव रहेकोमा वडा अध्यक्षमा भुसाल निर्वाचित भएदेखि निरन्तर लागि परेर अनुदान शिक्षक कोटा मार्फत श्री धर्मोदय माविमा २ र दुम्सि आविमा १ शिक्षक थप गराउदा धेरै राहत भएको श्री दुम्सि आविका प्रधानध्यापक रूम बहादुर पल्लीले बताए ।

छरिएर रहेका वस्तीका बालबालिका गांउमै रहेको कक्षा ३ वा ५ कक्षा सम्म पढाई हुने स्कुलमा अध्ययन पश्चात अधिकांश विद्यार्थीहरूले पढाई छाड्ने बवस्थाबाट चिन्तित रहेका अध्यक्ष भुसालले चालु आ.व. को नगरसभाबाट छरिएर रहेका वस्ती बालबालिकालाई वडाको खयरट्टीमा आवासीय विद्यायल सञ्चालनका लागि योजना अघि सारेपनि आर्थिक अभाव र योजना कार्यान्वयनमा नगर नेतृत्व उदासिन बन्दिदा शिक्षामा दिर्घकालिन महत्व रहनेगरी परिणाममुखी सुधारले गति लिन नसकेको बताए । नगर शिक्षाको नेतृत्व गर्ने नगर शिक्षा समितिको पदावधि सकिएको ३ महिना हुदा समेत शिक्षा समिति गठनले प्राथामिकत्ता नपाउनुले पनि नगरपालिकाको मुल नेतृत्वको शिक्षामा ध्यान पुग्न नसकेको प्रष्ट देखिन्छ ।

 

त्यस्तै अर्घाखाँचीको शितगंगा-११ भित्रका सम्पुर्ण सामुुदायिक विद्यालयमा राजनैतिक दलका कार्यक्रम गर्न तथा त्यस्ता कार्यक्रममा सहभागी नहुन शिक्षक तथा कर्मचारीलाई निर्देशन गरिएको छ । त्यस्तै कुनै पनि शैक्षिक भ्रमण गराउँदा सम्बन्धित पक्षको सहमति पश्चात संचालन गर्न समेत निर्देशन गरिएको छ ।

https://fb.watch/p1WkuT1GMc/?mibextid=Nif5oz