शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

अर्घाखाँचीका ब्लड क्यान्सर पिडित २८ वर्षिय बलाल अस्पतालमा छट्पटाउदै, सहयोगका लागि परिवारको अपिल

रातोप्रेस डटकम/अर्घाखाँची ।

अर्घाखाँचीको शितगंगा नगरपालिका १० हर्रे काठेखोला निवासी पदम बहादुर बलालका जेठो छोरा २८ वर्षीय युवा तिल बहादुर बलाल भरतपुर स्थित भरतपुर क्यान्सर अस्पतालमा उपचारत छन ।

ब्लड क्यान्सर रोगको कारण मृत्युसँग लडिरहेका बलाललाई थप उपचारमा रकम अभाव भएपछि उनको परिवार अहिले चिन्तित बनेको छ ।

उपचार गराउन ठुलो रकमको आवश्यकता परेपछि उनको परिवारले सबैसँग सहयोगको अपिल गरेका छन् । ब्लड क्यान्सर पिडित बलालको थप उपचारका लागि आर्थिक समस्या भएपछि आर्थिक सहयोगका लागि अपिल गरेका हुन् ।

पिडित बलालका बुवा पदम बहादुर बलालले घरको आर्थिक अवस्था कमजोर भएकाले सहयोग गर्न सबैलाई आग्रह गरेका छन । हालसम्म ५ लाख भन्दा बढी खर्च भई सकेको र अझै १५ देखि २० लाखसम्म खर्च हुने र घरको सबै सम्पत्ति छोराको उपचारमा खर्च भइसकेको उनले बताए ।

उनले भने सामान्य खेतीपाती गर्दै परिवार पाल्दै आएका पिडित बलालका १ छोरा र १ छोरी छन् ।

उपचारका लागि भएको सबै सम्पत्ति सकियो अव केले उपचार गर्ने चिन्ताले सताउन थालेकाले उपचारमा आर्थिक खर्च जुटाइदिन सबै समक्ष आग्रह गरिएको छ ।

उपचार खर्चमा सहयोग गर्न चाहने महानुभावले तपशिलमा सम्पर्कमा गर्न सक्नुहुनेछ ।

खातावालाको नाम : तिल बहादुर बलाल (बिरामी)

बैंक : मुक्तिनाथ बैंक
खाता : 00620100215992000001

सम्पर्क :
@ तिल ब. बलाल (बिरामी) : 9843222418
@ घनु गाहा : 9844787266
@ मिडिया : 9857014148

हाम्रो अपिल :

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं.१० हर्रे काठेखोला निवासी पदम बहादुर बलालको  जेठो छोरा २८ बर्षिय तिल बहादुर बलालको ब्लड क्यान्सरबाट पिडित छ्न। हाल उनलाई उपचारको लागि भरतपुर क्यान्सर अस्पतालमा उपचारार्थ छन। उनको आर्थिक अवस्था निकै नाजुक भएकोले उपचार खर्च जुटाउँन गाह्रो भएको छ । समयमै उपचार हुन सके उनले पुर्नजीवन पाउँन सक्ने हुनाले स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण सहयोगी मनहरुले आर्थिक सहयोग गरि पिडित बलालको उपचारमा थप सहयोग पुर्‍याइ दिनु हुन हार्दिक अनुरोध गर्दछौ । साथै उनको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौं । – रातोप्रेस डटकम परिवार