मङ्लबार, साउन ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

नवप्रभात सामुदायिक वन उपभोक्ता समुहले महिलाहरुका लागि निशुल्क पाठेघरको जाँच शिविर सञ्चालन

कपिलवस्तु ।
बाणगंगा नगरपालिका वडा नम्बर ८ मा रहेको नवप्रभात सामुदायिक वन उपभोक्ता समुहले महिलाहरुका लागि निशुल्क पाठेघरको जाँच शिविर सुरु गरेको छ ।
वन मातहतका महिला उपभोक्ताका लागि राखेको पाठेघरको निशुल्क शिविरबाट सयौँ महिलाले विशेषज्ञ डाक्टरबाट परामर्श लिनुका साथै औषधी पनि प्राप्त गरेका छन् । शुक्रबार र शनिबार गरी २ दिनसम्म राखिएको शिविरको पहिलो दिनमै टोल नम्बर १ र २ का महिलाले पाठेघरको जाँच गरिएको थियो ।
उत्साहित तवरले जाँच शिविरमा सहभागि महिलाले महिला डाक्टरसंगै आफ्ना समस्या ढुक्कसंग राख्ने अवसर दिएकोमा वन समुहलाई धन्यबाद दिएका थिए । शिविरमा जाँच गर्न आएकाले पैसा खर्च गरी लाइन लागेर भेट्नु पर्ने विशेषज्ञ वरिष्ठ डाक्टरहरुलाई घर आँगनमै भेटी निशुल्क जाँच गराएर परामर्श लिन पाउँदै धेरै खुसी लागेको महिलाहरु बताउँछन् ।
आज शनिवार ३, ४ र ५ नम्बर टोलका महिलाको जाँच राखिएको छ । विशेषज्ञ डाक्टरहरु रेडियोलोजिस्ट सुम्नीमा आचार्य, वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ अरुणा पोख्रेल, मनिषा महर्जन, प्रिती खरेलले भिडिओ एकसरे लगायतका प्रविधिमार्फत् पाठेघर जाँच गरी परामर्श दिइरहेका छन् ।
महिलाहरु नलजाउन् भन्ने उद्धेश्य राखेर छुट्टाछुट्टै क्याविन राखिएको छ भने रगत तथा पिसाब, रक्तचापको पनि जाँच भएको थियो ।
पछिल्लो समय महिलामा पाठेघरको समस्या र क्यानसर बढेका कारण विशेषज्ञ डाक्टरमार्फत् यो जाँचको सुविधा राखिएको वनका अध्यक्ष डिल्लीराज रेग्मीले बताउनु भयो । वनले सामाजिक विकास, वन प्रवद्धन र महिलाहरुको हकहितको लागि धेरै काम गरेको भन्दै यो कार्यक्रम पनि साधारण सभाले पास गरेको कार्यक्रम रहेको रेग्मीले बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदी, बाणगंगा नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरी, वडा सदस्य विश्वास जिसी लगायतले मन्तव्य राख्दै शिविरमार्फत् फाइदा उठाउन आग्रह गर्नुभएको थियो । उक्त कार्यक्रमको संचालन वनको सचिव सिता भसालले गर्नुभएको थियो भने उपाधयक्ष मित्रलाल कँडेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।