शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

२० हजार दर्शकले अवलोकन गरेको तेस्रो शितगंगा महोत्सवमा २ करोडको कारोबार

अर्घाखाँची / विक्रम आचार्य । जिल्लाको शितगंगामा कृषि, पर्यटन, उद्योग-व्यापार र रोजगार,आर्थिक समृद्ध आत्मा निर्भरताको मुल आधार भन्ने मुल नाराका साथ माघ १२ देखि सुरु भएको महोत्सव १४ दिनको हिजो बिहिवार समापन भएको छ ।

महोत्सवमा २ करोडको व्यापार भएको छ भने २० हजार दर्शकले महोत्सवको अवलोकन गरेकाे उद्योग वाणिज्य संघका अध्यक्ष चिन्तराज अधिकारीले बताउनु भयो ।

महोत्सवको समुद्धघाटन लुम्बिनी प्रदेश सरकारका उद्योग तथा यातायात मन्त्री सरोज थापा (रोज राणा ) बाट भएको थियो भने समापन समारोहको प्रमुख अथिती प्रदेश सांसद रामजी घिमिरे रहनु भएको थियो ।

शितगंगा उधोग वाणिज्य संघको आयोजनामा सन्चालन भइरहेको शितगंगा महोत्सवमा चन्द्र शर्मा, सम्झना रणपाल, वर्षा थापा, बद्री पङ्गेनी, मन्जु भट्टराई, श्री कृष्ण वम मल्ल, एक्टिमा परियार, खेम सेन्चुरी, कुशल वेल्वासे, सन्दिप न्यौपाने, दिपक भण्डारी, श्याम राना, मिसन भुसाल, सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली ), टंक टिमल्सिना, भुवन अधिकारी, अनु राना मगर, प्रकाश पराजुली, लालुमाया कुवर, सम्झना लामिछाने, दिपक दर्लामी, सर्मिला अर्याल, शिब क्षेत्री, सुप्रिम मल्ल ठकुरी, वविता धिताल, कुलेन्द्र विश्वकर्मा, संगिता चितौरे, कल्पना कुशुम, कमल विष्ट लगायतका कलाकारको प्रस्तुती रहेको थियो ।

यस्तै दोश्रो शितगंगा डान्स आइडलबाट आविश्का पुन मगर प्रथम, दोश्रो मनिषा नेपाली, अविना गुरुङ तेस्रो निरुता सुनार, मनिसा नेपाली, निरुता वेल्वासे सान्तना हुदै तेश्रो शितगंगा डान्स आईडल सम्पन्न भएको छ ।

नृत्य निर्देशक हेमन्त वेल्वासेको नेतृत्वमा शितगंगा डान्स ग्रुपको प्रस्तुती रहेको थियो । महोत्सवमा विभिन्न कृषि स्टल , लगायत ८० स्टल रहेका थिए १ महिला उद्दमिलाई निशुल्क स्टलको ब्यवस्था गरिएको थियो त्यस्तै जेष्ठ नागरिक र अपाङ्गता भएका लाई टिकट निशुल्क रहेको थियो ।