शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

कर शिक्षा, प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

कपिलवस्तु । व्यवसायीहरु निरास हतास, पलायन एबम बिस्तापित भैरहेको बर्तमान अबस्थामा मा ब्याबसायिक स्थाइत्व कायम गर्न ब्याबसायिलाइ प्रेरणा, हौसला प्रदान गरि आत्मबल वृद्धि गराउनु आबस्यक रहेको उद्योग ब्यापार संघ, कपिलवस्तु का अध्यक्ष खिमानन्द पौडेल कोपिलले बताउनु भयो ।

१२ औं रास्ट्रीय कर सप्ताह को अबसर पारेर आज उद्योग ब्यापार संघ, कपिलवस्तुले आयोजना गरेको कर शिक्षा, प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा उहाले सरोकारवालाहरुको प्रवृत्ति प्रती इग्गित गर्दै भन्नुभयो, “हामिले यश जिल्ला का १० वटै पालिका प्रमुख, जिल्ला मा कृयासिल सम्पुर्ण बस्तुगत ब्याबसायी संघ, जिल्लामा कृयाशिल अन्य ब्याबसायिक सस्था सबैलाइ एउटै मंच मा राखेर अन्तरक्रिया सम्बाद र छलफल गरि निकास खोज्ने प्रयत्न गर्न चाहेका थियौ, तर उहाहरु हालको अबस्था एबम ब्याबसायी प्रती हेर्ने दृस्ठिकोण कस्तो छ भन्ने छर्लङ्ग भयको छ । हाम्रा संस्था, हाम्रा जनप्रतिनिधि यस्तो बेला अभिभावक बनेर हाम्रो पिडामा मल्हम लगाउनु पर्नेमा गैरजिम्मेवार, गैरसंबेदनसिल प्रवृत्ति देखिनु दु:खद हो ।”

स्थानिय सरकारले व्यापार व्यवसायहरुको व्यवस्थापन गर्नुपर्ने उद्योग ब्यापार महासंघका केन्द्रिय महासचिव खेमनारायण पराजुलीले बताउनु भएको छ । साना व्यवसायीहरुका समस्या स्थानिय सरकारले मात्र बुझ्न सक्ने भएकाले नियम कानुन बनाउँदा केन्द्र सरकारले स्थानिय सरकार सङ्ग समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

आज बुधवार १२ औँ राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवसरमा कपिलवस्तु उद्योग ब्यापार संघले आयोजना गरेको कर शिक्षा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी केन्द्रिय महासचिव खेमनारायण पराजुली ले यस्तो बताउनु भएको हो । त्यस्तै उहाँले राजश्वको व्यवस्थापनमा सरकार सङ्ग समन्वय तथा सहकार्य गर्न आफुहरु तयार रहेको बताउनु भयो । नेपाल कृषि प्रधान देश भएकाले कृषि बाटै आत्मनिर्भर बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

त्यस्तै कार्यक्रममा सुद्धोधन गाउँपालिलाला प्रमुख कमलेस सरण चौधरीलेले नेपालमा व्यवसायीहरु घाटामा जानुको प्रमुख कारण भनेको विज्ञता हासिल नगरी व्यापार, व्यवसाय सुरु गर्नु नै रहेको बताउनु भएको छ । प्रकृतिले पनि कर लिने गरेको भन्दै नागरिकले राज्यलाई कर तिर्नु राज्य प्रतिको कर्तव्य रहेको बताउनु भएको छ ।

त्यस्तै बाणगङ्गा नगरपालिकी उपप्रमुख रिता कुमारी चौधरीले जिल्लाका १० वटा पालिकाहरु मध्ये सबैभन्दा कम बाणगङ्गा नगरपालिकाले कर लिने भएपनि अझै केहि जनगुनासो आइरहेको बताउनु भयो । आफुहरुले यहाँका नागरिक र व्यवसायीहरुलाई मार पर्ने गरि कर नउठाएको समेत दाबी गर्नुभयो । नगर भित्र रहेका व्यापार व्यवसयीहरु सङ्ग समन्वय गरेर नगर अगाडि बढ्न तयार रहेको समेत उहाँले बताउनु भयो ।

त्यस्तै सुठौलि भन्सार कार्यालय कपिलवस्तुका प्रमुख नारायण गैरेले आम जनमानसले भन्सार र भन्सारमा काम गर्ने व्याक्तिलाइ हेर्ने दृष्टिकोण सुधारिन जरुरी रहेको बताउनु भएको छ । राजस्व, धरौटि, विनियोजन, मुद्धा सम्बन्धी मासिक विवरण, मातहतको छोटि भन्सार कार्यालयहरुको मासिक रुपमा निरिक्षण गरिएको समेत उहाँले बताउनुभयो ।

त्यस्तै बाणगङ्गा नगरपालिकाका राजस्व प्रमुख मदन घिमिरेले कानुनमा भएको बाहेक अन्य कुनै बहानामा कर उठाउन नमिल्ने बताउनु भयो । बाणगङ्गामा कहिकतै ब्यापक रुपमा कर बढ्यो भन्ने हल्ला चलेको भन्दै त्यस्तो नभएर नेपाल सरकारले व्यवस्था गरेबमोजिम नै कर लिएको बताउनुभयो । केहि व्यवसायीहरुले कर नतिरेर उम्किन खोजेको भन्दै त्यस्ता कार्यलाई निरुत्साहित गर्नको लागि उद्योग ब्यापार संघ र उद्योग बाणिज्य संघले सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

करदाता सेवा कार्यलय तौलिहवाका कर प्रमुख सुरेश बरालीले व्यवसाय दर्ता तथा स्थानीय लेखा नम्बर लिने, लेखा नम्बर लिए पश्चात् पालाना गर्नुपर्ने विषय बस्तुहरु भुक्तानीमा कर कट्टि, किस्ता बन्दिमा कर दाखिला गर्नुपर्ने लगायतको बारेमा सचेत गराउनु भएको थियो ।

त्यस्तै घरेलु तथा साना उद्योग कार्यालय तौलिहवाका प्रमुख प्रेमराज गौतमले व्यापार, व्यवसायीहरुले भविष्यमा हुन सक्ने अफ्ठ्याराहरुलाइ कमि गराउनको लागि सचेत हुनुपर्ने बताउनु भएको छ ।

त्यस्तै संस्थाका संरक्षक टोप नारायण बेल्वासे लगायतले बोल्दै जुनसुकै संस्थाले आयोजना गरेपनि यस्ता महत्वपूर्ण प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरु सहभागी हुनुपर्नेमा जोड दिनुभएको छ ।

यस क्षेत्रका उद्योगी व्यवसायी लगायत सम्पुर्ण नगरिकहरुलाई कर सम्बन्धी क्षेत्रमा सचेत बनाउनको लागि गरिएको कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, संघका पदाधिकारी, व्यापारी तथा व्यवसायी लगायत विभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

अन्तरक्रिया कार्यक्रम उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेलको अध्यक्षता, उपाध्यक्ष वेदराज नेपालीको स्वागत तथा महासचिव बासुदेव खनालकोे सञ्चालनमा सम्पन्न भएको थियो ।

ब्याबसायी / सेवा ग्राही हरुले ससाना कुरा मा समेत ध्यान नदिदा , कर तथा राजस्व सम्बन्धि ज्ञान को अभाब मा विभिन्न दण्ड, जरिवाना को साथै विभिन्न कठिनाइ हरु भोग्नु परिरहेको ले सो को समाधान गर्न सम्पुर्ण नियामक निकाय र ब्याबसायी एबम ब्याबसायिक सस्था बिच छलफल अन्तरक्रिया सहित कर शिक्षा , प्रशिक्षण कार्यक्रम आयोजना गरियको उद्योग ब्यापार संघ , कपिलवस्तु ले जनायको छ ।

कार्यक्रममा बाणगङ्गा नगरपालिका र सुद्धोधन गाउँपालिकाको सहयोग तथा करदातासेवा कार्यालय तौलिहवा, कर सहयोगी श्रमिक सङ्गठन कपिलवस्तु सङ्गको सहकार्य रहेको थियो ।