शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

शितगंगा दोश्रो महोत्सवमा ३० हजार बढी दर्शकद्वारा अवलोकन, ४ करोड ५० लाखको कारोबार

अर्घाखाँची/ विक्रम आचार्य ।

अर्घाखाँची जिल्लाको शितगंगामा कृषि, पर्यटन, उद्योग –व्यापार र रोजगार,आर्थिक समृद्ध आत्मा निर्भरताको मुल आधार भन्ने मुल नाराका साथ चैत्र २९ देखि सुरु भएको महोत्सव १३ दिनको दिन मङ्‌गलवार समापन भएको छ ।

महोत्सवमा ४ करोड ५० लाखको व्यापार भएको छ भने ३० हजार दर्शकले महोत्सवको अवलोकन गरेकाे उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन वुढा मगरले बताउनु भयो ।

महोत्सवको समुद्धघाटन नेपाल सरकारका कृषि मन्त्री वेदुराम भुसाल वाट भएको थियो भने समापन समारोहको प्रमुख अथिती पूर्व उपप्रधान मन्त्री तथा अर्घाखाँची जिल्ला का संघिय सांसद टोप बहादुर रायमाझी रहनु भएको थियो ।

बैशाख ९ गतेको प्रमुख अथिती संगिय सांसद ज्ञानेन्द्र शाहि रहनु भयको थियो ।

शितगंगा उधोग वाणिज्य संघको आयोजनामा सन्चालन भइरहेको शितगंगा महोत्सवमा गायक राजन अधिकारी , सपना खत्री , नविन केसी ,खेम सेन्चुरी, श्रीकृष्णबम मल्ल , ज्योती मगर , सर्मिला रायमाझि , प्रिति आले, रवि रिमाल, रामजी खाण , राजु परियार , पुस्कल शर्मा, ढाकाराम पौडेल, प्रिन्स लम्साल , राजेश हमाल , पशुपति शर्मा, सरोज आचार्य , अनु राना, सिता राना, दिपक दर्लामी , जीया भुसाल , टेक बहादुर विरकट्टा ,शिव खनाल , टिका वस्नेत लगायतका कलागारको प्रस्तुति रहेको थियो ।

 

 

 

यस्तै दोश्रो शितगंगा डान्स आइडल बाट शितगंगा ५ कि दिक्षा वेल्वासे प्रथम दोश्रो रेजिना थापा स्याङजा र तेस्रो सपना नेपाली शितगंगा ४ हुदै दोश्रो शितगंगा डान्स आईडल सम्पन्न भएको छ ।

 

नृत्य निर्देशक हेमन्त वेल्वासेको नेतृत्वमा शितगंगा डान्स ग्रुपको प्रस्तुती रहेको थियो ।

 

महोत्सवमा विभिन्न कृषि स्टल , लगायत १२० स्टल रहेका थिए १ महिला उद्दमिलाई निशुल्क स्टलको ब्यवस्था गरिएको थियो त्यस्तै जेष्ठ नागरिक र अपाङ्गता भएका लाई टिकट निशुल्क रहेको थियो ।