शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

पत्थरकोटका जितबहादुर आलेले श्रीमतीलाई बचाईदिन सबैसँग अनुरोध गरे

रातोप्रेस डटकम, कपिलवस्तु ।
कपिलवस्तु जिल्ला बुद्धभुमि नगरपालिका वडा नं. १ पत्थरकोट निवासी जित बहादुर आलेको श्रीमति निमकला आले बिगत ३ बर्ष देखि बिरामी छिन ।आर्थिक स्थिति कमजोर भएका जितबहादुरले श्रीमतीलाई आफ्नो नाममा भएको खेत बेचेर उपचारको लागि बुटवल, भैरहवा, भरतपुर हुदैं काठमाडौं सम्म पुऱ्याए तर निको हुन सकेन ।

बुटवलको लुम्बिनि नर्सिङ होममा अप्रेशन गराएर घर आएकी निमकला आले अहिले सिकिस्त अवस्थामा छिन । बस्ने एउटा झुपुडो घर बाहेक सबै सम्पति उपचारमा सकियो तर श्रीमतीलाई निको भएन भन्दै गहभरी आशु झार्दै जित बहादुरले भने “सबैले सहयोग गरे श्रीमतिलाई बचाउन सकिन्थ्यो कि” भन्दै सहयोगको अपिल गरेका छन ।

आर्थिक अवस्था कम्जोर भएर पढ्न पाएका छैनन । काखमा ३ वर्षकी सानी छोरी छे आमा भन्दै रुन्छे दुध खान खोज्छे मैले कसरी गरु उपचारमा सबै सम्पति सकियो ५ लाख रिन लागेको छ भन्दै गुनासो पोखे ।

रोगको कारण मृत्युसँग लडिरहेकी आलेलाई उपचारमा रकम अभाव भएपछि उनको परिवार अहिले चिन्तित बनेको छ ।

उपचार गराउन ठुलो रकमको आवश्यकता परेपछि उनको परिवारले सबैसँग सहयोगको अपिल गरेको छ । पिडित आलेको उपचारका लागि आर्थिक समस्या भएपछि आर्थिक सहयोगका लागि अपिल गरेका हुन् ।
जित बहादुरले मजदुरी गरेर परिवार पाल्दै आएका छन् । उनका ३ छोरीहरु छन ।

उपचारमा आर्थिक खर्च जुटाइदिन सबै समक्ष आग्रह गरिएको छ । उपचार खर्चमा सहयोग गर्न चाहने महानुभावले तपशिलमा सम्पर्क गर्न सक्नुहुनेछ ।

खातावालाको नाम : जित बहादुर आले (बिरामीको श्रीमान)
बैंक : एन. एम. बि. बैंक गोरुसिङ्गे शाखा
खाता : 0440123480900014

सम्पर्क :
@ जित बहादुर आले
@ प्रकाश थापा : 9842855096
@ भक्तिराम घिमिरे : 9842570181
@ रातोप्रेस मिडिया : 9857014148

हाम्रो अपिल : 

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. १ पत्थरकोट निवासी जित बहादुर आलेको ३७ वर्षिय श्रीमती निमकला आले विगत ३ वर्ष देखि पिडित छिन । विगत देखि उपचार गराउँदा गराउँदा निको हुन सकेको छैन । पित्थथैलीको अप्रेशन बिग्रियर जिवनमरणको दोसाँदमा छ्ट्पटाई रहेकी थिईन । रातोप्रेस टिमलाई जानकारी आए पछि उद्धारको लागि गयौँ । उनको आर्थिक अवस्था निकै नाजुक भएकोले उपचार खर्च जुटाउँन गाह्रो परे पछि हामीले रकम संकलन गरी उपचारका लागि बुटवलमा पठाएका छौ । समयमै उपचार हुन सके उनले पुर्नजीवन पाउन सक्ने हुनाले स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण सहयोगी मनहरुले आर्थिक सहयोग गरि पिडित आलेको उपचारमा थप सहयोग पुर्‍याइ दिनु हुन हार्दिक अनुरोध गर्दछौ । साथै उनको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौं ।रातोप्रेस डटकम परिवार