शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

चाडपर्वका बेला बुद्धभूमिका पसल मंगलबार बन्द नरहने

रातोप्रेस/ बुद्धभूमि ।

हरितालिका, विजया दशमी लगाएतका पर्वहरू नजिकिँदै गर्दा कपिलवस्तुको बुद्धभूमि नगरपालिका अन्तर्गतका पसल तथा बजारमा बिस्तारै चहलपहल बढ्न थालेको छ ।

चाडपर्वमा लामो समय सम्म देश तथा प्रदेशमा रहेका नेपालीहरु चडपर्व मनाउन आफनो घर आउने हुनाले पनि गाँउघर तथा बजारमा चहल पहल बढ्न थालेको छ । चाड पर्वको लागी बजारमा दैनिक उपभोग्य सामान किनमेल गर्न गाँउबाट बजारमा उपभोक्ताहरु आउने गरेसँगै बजारमा चहल पहल बढेको हो ।

यतिबेला बुद्धभूमिका मुख्य बजारमा चहल पहल बढेसँगै चाडपर्वलाई लक्षित गरी बुद्धभूमि व्यापार संघले मंगलबार बन्द रहँदै आएका पसलहरु आजदेखि खुल्ला गर्ने भएको छ । नेपाली महिलाहरुको महान पर्व हरितालिकाको साथै नेपालीहरुको महान पर्व बिजया दशमी तथा दिपावली लगाएतका पर्वसम्मको लागी मंगलवार बन्द रहदै आएका पसल खुल्ला रहने बुद्धभूमि व्यापार संघका अध्यक्ष कमल अधिकारीले जानकारी दिनुभयो ।

मंगलवार बन्द रहने पसल आजबाट खुल्ला हुने भएपछि उपभोक्ताहरुलाई किनमेल गर्न सहज हुने संघका कोषाध्यक्ष तथा सबिन सुनचाँदी पसलका संचालक सन्तोष बरालले बताउनु भयो ।