शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

आधारभूत बचत तथा ऋण सहकारी संस्थाको १७औं वार्षिक साधारण सभा सम्पन्न

हेमन्त थारू/कपिलवस्तु ।

बुद्धभूमि नगरपालिका-३ रनगाई स्थित श्री आधारभूत बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा आज शनिवार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष असराम थारूको अध्यक्षतामा आयोजित सभामा बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा बुद्धभूमि-३ का वडा अध्यक्ष गोविन्द प्रसाद आचार्य (विकास) को विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

साधारण सभामा नगर प्रमुख श्रेष्ठले ग्रामिण क्षेत्रमा गरिबी निवारणमा सहकारी संस्थाले गरेको योगदानको प्रशंसा गर्नुभयो । सहकारीले ग्रामिण क्षेत्रमा सहकारीले खेलेको भुमिका महत्वपुर्ण रहेको बताउदै सहकारी संस्थाहरु वित्तिय क्रियाकलापमा मात्र सिमित नरही विभिन्न सामाजिक क्रियाकलाप पनि लाग्नुपर्ने बताउनु भयो । उहाँले खस्कदै गएको सामाजिक सद्भाव र एकतालाई बढाउने र एक अर्काप्रतिको सहकार्यको भवनाको वृद्धि गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै सभाका विशेष अतिथी तथा बुद्धभूमि-३ का अध्यक्ष गोविन्द प्रसाद आचार्य (विकास) ले सामाजिक क्षेत्रमा समेत सहकारीले खेलेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्नुभयो । आगामी दिनमा पनि सहकारीले स्थानियहरुसगँ हातेमालो गर्दै विकास निर्माण र निम्न आय स्रोत रहेका सेयर सदस्यहरुको उत्थानको लागि सँगसँगै अघि बढ्नुपर्ने उहाँले धारणा राख्नु भयो ।

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधी, विभिन्न राजनितिक दलका प्रतिनिधी, संघसंस्थाका प्रतिनिधी, शेयर सदस्य, पत्रकार, सुरक्षाकर्मी लगाएत सर्वसाधारणको उपस्थिति रहेको थियो ।

सभामा संस्थाको अध्यक्ष असराम थारूले आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो भने संस्थाका सचिव युवराज बेल्बासेले आव २०७९⁄०८० को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

संस्थाको गत आर्थिक वर्षमा भएको कारोबार पुँजी ९ करोड ५ लाख ८४ हजार ८ सय ५५ मध्ये शेयर सदस्यहरुलाई विभिन्न शीर्षकमा ५ करोड ५८ लाख ५७ हजार २ सय ९७ रुपैयाँ ऋण लगानी रहेको छ । आव २०७९/०८० मा संस्थाले १५ लाख २६ हजार ७१ रुपैयाँ नाफा गरेको छ ।

कमला भण्डारीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको संचालन दुर्गा अधिकारीले गर्नु भएको थियो ।