शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

आत्मबल बलियो बनाएर बसेको छु, छिट्टै निको भएर जनताको सेवामा लाग्छु – उपप्रमुख ठाकुर कुमार विक

अशोक खनाल, अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका उपमेयरसहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार संक्रमण पुष्टि हुँनेहरुमा २९ जना पुरुष र २ जना महिला रहेका छन् । यससंगै जिल्लामा संक्रमित हुनेको संख्या ३६ पुगेको छ।

सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विक बाहेक संक्रमित सबै छिमेकी मुलुक भारतबाट गृह जिल्ला भित्रिएका थिए । क्यारेन्टाइनमा बसेका उनीहरुको स्वाब परिक्षण गर्दा संक्रमण पुष्टि भएको जनस्वास्थ प्रमुख पुष्पा थापाले जानकारी दिईन् । उनीहरुको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा स्वाब परिक्षण गरिएको थापाले जानकारी दिईन् ।

सोमबारनै छिमेकी मुलुकबाट आएकाहरुको ब्यबस्थापनमा खटिएका उपप्रमुख विकमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । यसैबीच उपप्रमुख विकले घरमै आराम गर्दै तातोपानी र जडिबुटी खाएर कोरोनालाई परास्त पार्ने बताए । उनले हाल आफ्नो स्वास्थ अवस्था सामान्य रहेको बताए । उनले भने, “जनताको सेवामा लाग्दा कोरोना लाग्यो, आत्मबल बलियो बनाएर बसेको छु” उनले भने,” छिट्टै निको भएर जनताको सेवामा फेरी लाग्छु । “