शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

एक महिने ढकिया बुन्ने तालिम सम्पन्न

बुद्धभूमि ,कपिलवस्तु

महिलाहरुलाई आर्थिकरुपले सशक्त बनाउन एक महिने नगर स्तरीय ढकिया बुनाई तालिम शनिबार बुद्धभूमि नगरपालिका वडा नम्बर – ९ बरकलपुरमा सम्पन्न भएको छ।
महिलाहरुको आय आर्जन र सीप तथा व्यवसायिक विकासका लागि पालिकाले ढकिया, बास्केट बनाउने तालिम सञ्चालन गरेको हो ।
बुद्धभूमि नगरपालिकाको आर्थिक सहयोग तथा प्रकृति चन्द्रमा प्रतिष्ठान बुद्धभूमि ९ कपिलवस्तु आयोजनामा एक महिने ढकिया बुनाई तालिम सञ्चालन भएको थियो। कार्यक्रमको बजेट एक लाख पैतिस हजार रहेको प्रकृति चन्द्रमा प्रतिष्ठानका कार्यकारी निदेशक सरिता श्रीषले जानकारी दिनुभएको छ। एक महिने ढकिया बुनाई तालिमको सनिबार एक कार्यक्रमको बिच समापन गरिएको छ ।
प्रकृति चन्द्रमा प्रतिष्ठान अध्यक्ष रोमलाल खनाल अध्यक्षता तथा बुद्धभूमि नगरपालिका नगर प्रमुख केशव कुमार श्रेष्ठ प्रमुख आतिथ्य एवम् बुद्धभूमि नगरपालिका वडा नम्बर – ९ का अध्यक्ष प्रमोद आचार्यको विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो।

ढकिया बुन्ने तालिम

कार्यक्रममा बोल्दै बुद्धभूमि नगरपालिका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि केशव कुमार श्रेष्ठले ढकिया बुन्ने तालिमबाट महिलाहरु आत्मनिर्भर बन्न सक्ने भएकाले लगनशिल तरिकाले सवैलाई तालिम सिप सिकेको कुरा व्यवहारमा लागू गर्नुपर्ने र स्थानीय स्तरमा पहिने सामग्रीहरु प्रयोग गरि ढकिया बनाएर थारु हस्तकलाको संरक्षण हुने र महिला दिदिबहिनिहरुको आर्थिक स्तर पनि उकास्न सहयोग पुराउने र बजारीकारणका लागि कोसेली घरको पनि स्थापना भई संचालानमा रहेको बताउनुभयो।
त्यसैगरी कार्यक्रममा बोल्दै बिशिस्ट आतिथी तथा बुद्धभूमि नगरपालिका वडा नम्बर –९ का अध्यक्ष प्रमोद आचार्यले ढकिया बुन्ने तालिम प्रत्यक वर्ष नगरपालिकाबाट संचालन गर्दै आएको बताउनु भयो र तालिममा सिकेको सिपबाट महिलाहरुले आयआर्जनको माध्यम बनाउनु पर्ने र कोसेली घरको माध्यमबाट बिक्रीवितरण गर्न सकिने र आगामी वर्ष पनि पुन तालिम संचालनमा ल्याउने बताउनुभयो ।
थारु समुदायका २५ जना महिलाहरुलाइ एक महिने ढकिया बुन्ने तालिम दिएको छ। बुद्धभूमि नगरपालिका वडा नम्बर ८ र ९ का महिलाहरु लाई २०८१ वैशाख २६ गते देखि २०८१ जेष्ठ २६ गते सम्म एक महिने ढकिया बुनाई तालिम दिइएको हो ।
उक्त तालिममा थारु समुदायका २५ जना महिलाहरुको सहभागीता रहेको थियो । प्रशिक्षणमा लक्ष्मी चौधरी र रिता थारु रहनु भएको थियो।
एक महिने ढकिया बुन्ने तालिममा सहभागीहरुले बनाएका सामग्री नगर प्रमुख केशव कुमार श्रेष्ठ र वडा नम्बर – ९ का अध्यक्ष प्रमोद आचार्यलाई मायाको चिनो स्वरुप ढकिया ,बास्केट र पेनहोल्डर प्रतिष्ठानका अध्यक्ष रोमलाल खनालले प्रदान गर्नुभयो।

ढकिया बुन्ने तालिम

ढकिया बुन्ने तालिम

समापन कार्यक्रममा बोल्दै प्रकृति चन्द्रमा प्रतिष्ठान अध्यक्ष तथा कार्यक्रम अध्यक्ष रोम लाल खनालले एक महिने कार्यक्रममा परम्परागत कला संस्कृति संरक्षण गर्दै यसलाई बजार सम्म पुराउने र तालिममा सजावटका सामाग्रीहरु, पुजा कार्यमा प्रयोग हुने र विभिन कार्यमा प्रयोग हुने सामग्रीहरु बनाएको बताउनुभयो ।
प्रतिष्ठानले संघ ,प्रदेश र स्थानीय स्थरमा विभिन्न कार्यक्रम संचालन गर्दै आएको र यस कार्यक्रम पनि बुद्धभूमि नगरपालिकाले प्रतिष्ठानलाई संचालन गर्न दिएकोमा बुद्धभूमि नगरपालिकालाइ प्रतिष्ठानको तर्फबाट हार्दिक आभार तथा कृतज्ञता प्रदान गर्नु भएको छ र प्रतिष्ठानले उत्कृष्ट काम गरेको हुनाले नगर प्रमुख केशव कुमार श्रेष्ठले प्रतिष्ठानका अध्यक्ष रोमलाल खनाललाई प्रशंसा पत्र प्रदान समेत गर्नु भयो ।
साथै कार्यक्रम संचालन अनिता बेलबासेले गर्नु भएको थियो ।