शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

१४ औँ महिला दिवशको अवसरमा लाहापेमा नृत्य प्रतियोगिता हुने

रातोप्रेस/ अर्घाखाँची । ११४ औँ अन्र्तराष्ट्रिय महिला दिवस-२०८० को अवसरमा लाहापेमा नृत्य प्रतियोगिता हुने भएको छ । शितगंगा-८ वडा कार्यालयको आयोजनामा फागुन २५ गते वडा कार्यालय लाहापेमा खुला नृत्य प्रतियोगिता सहित विविध कार्यक्रम आयोजना गरिने भएको हो ।

“महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी” भन्ने मुल नारालाई सफल बनाउन नृत्य प्रतियोगिता आयोजना गरिएको वडा अध्यक्ष रुकेश आलेले बताउनु भयो ।

कार्यक्रममा महिला समुहका अगुवा दिदिबहिनी, महिला नेतृ, महिला शिक्षक तथा कर्मचारी लगायत सम्पुर्ण सरोकारवालाहरू लाई उपस्थितिको लागि अनुरोध गरिएको छ । प्रतियोगिता सहितको उक्त कार्यक्रम बिहान ११ बजेबाट सुरू हुने वडा सचिव मिना पन्थीले जानकारी दिनु भएको छ ।