हाम्रो बारेमा

रातोप्रेस डटकम सूचना प्रवाह गर्ने एक नेपाली अनलाईन न्यूज पोर्टल हो । संचारमाध्यमबाट देशको विकासमा सहयोग पुर्‍याउन सकिन्छ । समाज तथा राष्ट्रका हरेक कुनैपनि सूचना, जानकारी एवं सन्देशलाई निरन्तर दर्शक श्रोतासामु पुर्‍याउन हाम्रो टीम निरन्तर अगाडी बढ्ने कोशिस गर्दैछौं । रातोप्रेस डटकममा छिनछिनका ताजा समाचार, खोजमूलक रिपोर्टहरुका अतिरिक्त शिक्षा, विज्ञानप्रविधि, साँस्कृतिक गतिविधि, जीवनशैली, स्वास्थ्य, खेलकूद, मनोरञ्जन र साहित्यसँग सम्बन्धित सामग्रीहरु प्रकाशन हुन्छन् । जनजनको आवाज र विभिन्न निकायको वेथितिमा हाम्रो खबरदारी सहितको निगरानी हुन्छ । हरेक दिन हरेक पल हामी जनताको घरदैलोका सन्देशहरु लिएर डिजिटल अक्षरमार्फत प्रस्तुत भएका छौँ । तपाईंको सूचनाको अधिकार सुनिश्चितका लागि विचार, बहस र पैरवी गर्न हामी प्रतिबद्ध छौं । हामी देशको विकास र समृद्धीको लागि हातेमालो गर्दै अनलाईन समाचार पोर्टलमा नयाँ आयाम थप्न जुटेका छौं । सत्य तथ्य समाचार, सन्देशमुलक विचार र ज्ञानमुलक मनोरञ्जनका लागि हाम्रो यात्रा निरन्तर जारी छ ।

तपाई विश्वको जुनसुकै ठाँउबाट सिधै www.ratopress.com बाट वा ट्वीटर, फेसबुक, पेज, युट्युव लगायतका समाजिक सञ्जालमा जोडिएर हाम्रा समाचार बा अन्य प्रस्तुति हेर्न सक्नुहुन्छ ।

तपाईका कुनै सूचना, जानकारी, विज्ञापन साथै कुनै तस्वीर, अडियो, भिडियो भए हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ ।

तपाईका कुनै पनि जिज्ञासा, सल्लाह सुझाव, विचार वा प्रतिक्रियाको लागि रातोप्रेस डटकम हार्दिक स्वागत गर्दछ।