शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

सुनिलको ‘को होला त्यो–२’ फिमेल भर्सनको नयाँ गीत ‘तिमी आउँछौ की भनी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । नयाँ–नयाँ गीत सिर्जना गरी एकपछि अर्को भिडियोहरु बजारमा ल्याइरहेका चर्चित गायक सुनिल गिरीको नयाँ गीत ‘को होला त्यो–२’ को फिमेल भर्सन ‘तिमी आउँछौ की भनी’को भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गरिएको उक्त गीतमा शब्द, संगीत गायक गिरीकै रहेको छ भने गायिका सुमन गुरुङको स्वर रहेको छ । त्यस्तै अभिनयमा पल शाह र कृष्टिना थापा रहेका छन । उक्त गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको छ ।

भिडियोको छायांकन पनि निर्देशन अनिल के मानन्धरले नै गरेका हुन् भने सम्पादन र कलरिङ मनोज कार्कीले गरेका हुन् ।

गायक गिरीको अफिसियल युट्युब च्यानल Sunil Giri बाट उक्त गीतको भिडियो सार्वजनिक गरिएको छ ।

पुरा भिडियो हेर्नुहोस् :