शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

अर्घाखाँचीको सिद्धारामा भालुको आक्रमणबाट एक घाइते

गणेश बेल्बासे संगम, अर्घाखाँची ।अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ९ छहरे गाउँमा भालुको आक्रमणबाट एकजना घाइते भएका छन् । घाइते हुनेमा ५२ वर्षीय विरबहादुर विक रहेको ईलाका प्रहरी कार्यालय सिद्धाराका कार्यालय प्रमुख तथा प्रहरी सहायक चुलाही चौधरीले  जानकारी दिनु भयो ।हिजो सोमबार राती करिब ८:३० बजे घरमा खाना खाई गोठमा जाने क्रममा विकलाई भालुले आक्रमण गरी सामान्य घाइते बनाएको हो । घाईते विक भालुबाट भाग्न सफल भएकोले बच्न सफल भएको बताईएको छ ।सामान्य घाइते विकको उपचारका लागि जिल्ला ठाडा स्वास्थ्य चौकीमा एम्बुलेन्सको व्यवस्था गरी लैजान लागेको शितगंगा न.पा. ९ का वडा अध्यक्ष भिम बहादुर केसीले बताउनु भयो ।