रातो प्रेस डटकम/ कपिलवस्तु ।
कारले मोटरसाईकललाई ठक्कर दिदा पत्रकार गणेश बेल्बासे संगम घाइते भएका छन् । जिल्लाको बुद्धभूमि नगरपालिका -२ गोरूसिङ्गेमा लु ५४ प ११ नम्बरको मोटरसाईकललाई पश्चिम दिसाबाट बुटवल जाँदै गरेको बा ११ च ३८५६ नम्बरको कारले ठक्कर दिदा बेल्बासे घाइते भएको ईलाका प्रहरी कार्यालय गोरूसिङ्गेले जानकारी दिएको छ ।
घाईते बेल्बासेको दायाँ खुट्टा फ्याक्चर भएको छ । घाइते बेल्बासेको चौराहा हस्पिटल बुटवलमा उपचार भइरहेको छ । घटना आज साँझ ४:३० बजे भएको थियो ।