नेकपाकै बिभिन्न नेताहरुको नाम सभामुख पदको लागी चर्चा हुन थालेको हो । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसभामुख ओनसरी घर्ती, नेता देव गुरुङ र अग्निप्रसाद सापकोटाको नाम चर्चामा छ ।

चर्चामा तत्कालीन एमाले र माओवादीबीच भागबन्डा हुँदा माओवादीबाट कृष्णबहादुर महरा सभामुख र एमालेबाट शिवमाया तुम्बाहाम्फे उपसभामुख चयन भएका थिए ।

तुम्बाहाम्फेलाई नै सभामुख बनाए पनि उपसभामुख नेकपाबाहिर पुग्ने निश्चित छ । संविधानले नै सभामुख र उपसभामुख फरक–फरक पार्टीको हुनुपर्ने व्यवस्था गरेको छ ।

तर, नेकपाभित्र पूर्वमाओवादी पक्षले तुम्बाहाम्फेलाई सभामुखमा अस्वीकार गर्ने संकेत गरेको छ । महरा पूर्वमाओवादीबाटै सभामुख भएकाले फेरि यही पक्षको जोडबल छ । यो सामाचार खबर ब्रेकिङ अनलाईनबाट प्रकाशित छ ।