शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

शितगंगा-९ मा दोस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न, प्रगतिशिल युवा क्लब प्रथम

अर्घाखाँची : माघे संक्रान्तिको अवसरमा पूर्व सन्ध्यामा आयोजित दोस्रो वडा अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता शितगंगा-९ ठाडाखोलामा सम्पन्न भएको छ ।

पौष २८ देखि २९ गते २ दिनसम्म  संचालन भएको प्रतियोगिता शितगंगा-९ को आयोजना तथा प्रगतिशिल युवा क्लब र सुन्दर समाज युवा क्लबको सह- आयोजनामा सम्पन्न भएको हो ।

दोस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगितामा प्रगतिशिल युवा क्लब ‘बी’ ठाडाखोला प्रथम भएको छ । त्यस्तै सिर्जनशिल युवा क्लब सिस्ने द्वितिय, लाङ्घाली युवा क्लब तृतिय र प्रगतिशिल युवा क्लब ‘बी’ सान्तवना भएको छन् ।

आज आयोजना हुने १० औँ बराहदह माघी तथा साँस्कृतिक मेलामा प्रतियोगिताका विजेता, उपविजेता, तेस्रो र सान्तवना हुने टिमलाई क्रमशः १५ हजार, १० हजार, ८ हजार र  ५ हजार नगद पुरस्कारसहित कप, मेडल र प्रमाण पत्र  प्रदान गरिने वडा नं. ९ का वडा सचिव हेमन्त कुमार भट्टराईले जानकारी दिनुभयो ।

हिजो आयोजित समापन समारोहमा बोल्दै शितगंगा-९ का वडा अध्यक्ष भिम युवाहरूबीच सद्भाव, एकतासँगै भलिबल खेल विकासमा टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको शितगंगा-९ का वडा अध्यक्षले रातोप्रेसलाई बताउनु भयो ।