शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

शितगंगा- ९ ठाडाखोलामा वडाध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै

अर्घाखाँचीको शितगंगा-९, ठाडाखोलामा दोस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । यही पौष २८ गतेबाट सुरु हुने प्रतियोगिताको तयारी अन्तिम अवस्थामा पुगेको आयोजक शितगंगा नगरपालिका वडा नं. ९ को कार्यालयले जनाएको छ ।

ठाडाखोलामा हुने प्रतियोगितामा शितगंगा-९ वडा भित्रका खेलाडी टोलीले सहभागिता जनाउन पाउने वडा सचिव हेमन्त कुमार भट्टराईले जानकारी दिनुभयो ।

शितगंगा-९ भित्र रहेका विभिन्न संघसंस्था, क्लब, समुह तथा खेलप्रेमीहरुलाई लक्षित गरी प्रतियोगिता आयोजना गरिएको भट्टराईले बताउनु भयो । प्रत्येक टोलीमा नौ जनासम्म खेलाडी सहभागी हुन पाउनेछन् । खेलको उद्‌घाटन पौष २८ गते बिहान ११ बजे हुनेछ ।

प्रतियोगिताका विजेता, उपविजेता, तेस्रो र सान्तवना हुने टोलीलाई क्रमशः १५ हजार, १० हजार, ८ हजार र  ५ हजार नगद पुरस्कार प्रदान गरिने वडा नं. ९ का वडा अध्यक्ष भिम बहादुर केसीले जानकारी दिनुभयो । वडाका युवाहरूबीच सद्भाव, एकता एवं मनोरञ्जनका साथै खेलाडीको विकास गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष केसीले बताउनु भयो ।