शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

शितगंगा महोत्सवमा ‘धुर्मुस–सुन्तली’ लाई हेर्ने दर्शकको ओइरो

झनक केसी/ अर्घाखाँची । जिल्लाको शितगंगा नगरपालिका- २ सितापुर गैरिखेतमा तेस्रो शितगङ्गा महोत्सव-२०८० नवौ दिनमा हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’प्रस्तुति हेर्न दर्शकको बाक्लो उपस्तिथि र भिडभाडले सितापुरको गैरिखेत पहिलो पटक भरिएको छ ।

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन ।

तेस्रो शितगङ्गा कृषि पर्यटन महोत्सव २०८० सितापुर गैरिखेतमा माघ २० शनिवार महोत्सवमा प्रस्तुति दिँदै यो जोडी वर्षौपछि स्टेज शोमा फर्किएका छौ यहाँहरुको मायाले हामि फेरि फर्किन बाध्य भएका छौ । जोडीलाई देशका विभिन्न जिल्लामा भइरहेका मेला महोत्सवबाट अफरको ओइरो लागेको छ ।

तेस्रो शितगङ्गा महोत्सवमा सनिबार करिब ८ हजार दर्शकले महोत्सव अबलोकन गरेका छन सितापुरको गैरिखेत भरिभराउ भएको छ। जोडिलाई आयोजक र ब्यबस्थापन टिमले विशेष धन्यबाद दिएको छ। दर्शकको मायाले गर्दा जोडिलाई नाङ्गो आखाले प्रत्यक्ष देख्न पाउँदा स्थानिय दर्शकहरु खुशी भएका छ्न।

देशकै प्रसिद्ध मन्दिर सुपा देउराली पुगेर दर्शन गरेका छन जोडि मन्दिरमा पुग्दा फोटो र सेल्फी खिच्नेको भिडले मनमा आनन्द भएको जोडिले जानकारी दिए।

अर्घाखाँची दोस्रो पटक आउने मौका पाएका छौ भगवान रुपि दर्शकहरुलाई मनै देखि माया गरेका छौ भन्दै खुशी साटा साट गरेका थिए।