शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

शितगंगा नगरपालिका वडा नं. ८ को विकास निर्माणकाे अवस्था (भिडियाे सहित)

गणेश बेल्बासे संगम, राताेप्रेस डटकम ।

पृष्ठभुमी

धार्मिक, ऐतिहासिक एवं पर्यटकिय स्थलहरुले भरिएको जिल्ला हो अर्घाखाँची । यो जिल्ला प्राकृतिक एवं जैविक विविधताले समेत भरीपुर्ण छ । देशकै एक महत्वपुर्ण धार्मिक स्थल सुपादेउराली मन्दिरले झनै यस जिल्लाको गरिमामय बढाएको छ । लुम्बिनी प्रदेशको जिल्लाहरु मध्येको अर्घाखाँची जिल्ला संघिय संरचनापछि ६ वटा स्थानिय तहमा विभाजन गरीएको छ । ति मध्येको स्थानिय तह हाे शितगंगा नगरपालिका । यो नगरपालिका भौगोलिक बनोटको हिसाबले ठुलो नगरपालिकाको रुपमा परिचित छ ।

अर्घाखाँची जिल्लाको ७ वटा गाँउ विकास समितीहरु मध्ये साविकका गाविसहरु सुवर्णखाल, सितापुर, ठाडा, जुकेना, जलुके, सिद्धारा र सिमलपानी गाविसहरुलाई समायोजन गरी बनेको यस शितगंगा नगरपालिकामा १४ वटा वडाहरु रहेका छन ।

वडाकाे परीचय
साविकको ७ वटा गाँउ विकास समितीहरु मध्ये जलुके गाविसलाई हाल २ वटा वडामा विभाजन गरीएको छ । त्यस मध्येको वडा नम्बर ८ प्राकृतिक एवं जैविक विविधताले त भरिपुर्ण छ नै कृषि एवं पर्यटकिय क्षेत्रको रुपमा समेत सम्भावना बोकेको छ । प्रसस्त कृषि योग्य उर्वर भुमि रहेको यो वडा राप्ती नदिको किनारमा अवस्थित छ । राप्ती नदिको काखमा रहेको यो वडा उपत्यका आकारको मनोरम फाँटहरु रहेका छन । जुन प्राकृतिक दृश्याकोलनका लागि पनि आर्कषणको केन्द्र मानिन्छ ।


वडा नं. ८ को उत्तरमा प्युठान जिल्ला, पुर्वमा शिगंगागा नगरपालिकाको वडा नम्बर ७ र ९, दक्षिण र पश्चिममा दाङ जिल्लामा पर्दछ । यसको कुल क्षेत्रफल ३९.७ वर्ग किलोमिटर रहेकाे छ । नगरपालिकाकाे नगर पार्श्व चित्र २०७६ अनुसार  २८६६ जनसंख्या रहेको यस वडामा ६७१ घरधुरी संख्या रहेको छ । यस वडाको कार्यालय लाहापेमा रहेको छ ।

यस वडामा तिनखन्डे, धोद्रे, फुर्केसल्ली, घुमौरे, हात्तिढुगां, सातमारा, लाहापे, बेलौती, छत्तिवन, बढीदमार, आँपचौर, दक्सु, डम्रेखर्क लगाएतका गाँउटोल रहेका छन । यस वडामा विभिन्न जातजातीहरूकाे बसाेबास रहेकाे छ । वडामा मगर, गुरूङ, दलित, ब्राहमण, क्षेत्री लगाएतका जातजातीहरूकाे बसाेबास रहेकाे छ । जसमा जनजातीकाे बाहुल्यता रहेकाे छ ।

प्राकृतिक सुन्दरता, जैविक विविधता तथा साँस्कृतिक महत्व बोकेको वडा हो । यस वडा भित्र धार्मिक, साँस्कृतिक एवं पर्यटकिय महत्व बोकेका थुप्रै स्थलहरु रहेका छन । जसले गर्दा विकास र समृद्धिका थुप्रै संभावनाहरु बोकेको छ ।
दुइ दशकसम्म स्थानिय निकाय जन प्रतिनिधी विहिन हुदाँ विकास निर्माणले गति लीन सकेको थिएन । स्थानिय निकाए कर्मचारीको भरमा संचालन भइ रहेका थिए । अत्यावश्यक विकासका पुर्वाधारहरुको अपेक्षित रुपमा आधारभुत सेवासम्म नपाउदा स्थानिय बासिन्दाको जिवन कष्टकर बनेको थियो । पुर्न संरचना पछि स्थानिय तहको चुनावमा स्थानिय नागरिकहरुले नयाँ जन प्रतिनिधी चुन्ने मौका पाए ।

सामाजिक कार्यमा सकृय एवं विकास निर्माणको कार्यमा लगनशील व्यक्तीहरु निर्वाचित भएर जन प्रतिनीधिका रुपमा आए पश्चात विकास निर्माणले गति लिन सुरु गरेको छ । वडालाई समृद्ध बनाउन विभिन्न विकास निर्माण सँगै नागरीकहरुको जिवनस्तरलाई माथि उठाउन आर्थिक विकासका लागि सिंगो वडा परिवार एकताबद्ध ढंगले अगाडी बढि रहेको छ । वडा भित्रका महिला, आदिबासी, जनजाती, दलित, अपांग जस्ता वर्ग क्षेत्रको सामाजिक तथा आर्थिक विकासको लागि वडा कटिबद्ध भएर लागेको छ ।

वडालाई समृद्ध बनाउनका लागि जनप्रतिनिधीमात्र सम्भव नहुने तथ्यलाई मनन गर्दै वडाले हरेक विकास निर्माणका योजनामा विभिन्न पार्टी, संघ संस्था, स्थानिय समाजसेवी, बुद्धिजिवी एवं उपभोत्ताहरुको सहभागीतामा कार्यक्रम संचालन गर्दै आइ रहेको छ ।

कृषि क्षेत्र
वडाले कृषि क्षेत्रका रुपमा विकास गर्नका लागि विभिन्न योजनाहरु अगाडी बढाइ रहेको छ । किसानको जिवनस्तर माथि उकास्न नगरपालिकाबाट प्रदान गरीने अनुदान मुलक कार्यक्रम पनि एक हो । किसानले माग गरेको आधारमा नगर र वडाले विभिन्न कृषि सामग्रीहरु प्रदान गर्दै आइरहेको छ । वडाले किसानको सहजताको लागि सञ्चालन गरेका विभिन्न कार्यक्रमहरुले किसानलाई थप कृषि पेशामा लाग्न हौसला दिएको छ । नगरपालिकाले उत्पादनको आधारमा वितरण गरीने कार्यक्रमलाई सफल बनाउन वडाले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ ।


शितगंगा नगरपालिका वडा नम्बर ८ मा व्यवसायिक कृषि तथा पशुपालनबाट केही किसानहरुले राम्रो आम्दानी लिन सुरु गरेका छन । स्थानिय सरकारबाट अनुदान स्वरुप सहयोग मिल्न थालेपछि किसानहरुले फर्म दर्ता गरेर कृषि तथा पशुपालन गर्न सुरु गरेका हुन् । कृषि तथा पशुपालनलाई व्यवसायीक रुपमा अगाडी बढाएसँगै वडाका किसानहरु आत्मनिर्भर बनेका छन । अन्य व्यवसाय भन्दा थोरै लगानी र परिश्रमबाट मनग्य आम्दानी हुने भएपछि कृषितर्फ किसानहरुको आकर्षण बढ्दो छ ।

सडक विस्तार
वडाले प्रत्येक गाँउ टोललाई जोड्ने कृषि सडक सञ्जालको निर्माणलाई तिब्रता दिएको छ । सडकको पहुँच पुग्न नसकेका टोलहरुमा सडकका कामले तिब्रता पाउदै छ, भने बनिसकेका सडकहरुको स्तर उन्नतिको कार्य अगाडी बढेको छ । निर्माण भएका सडकहरुले गर्दा आफ्नै घरआगनबाट सेवा सुबिधा पाउन थालेका छन ।

त्यस्तै आवत जावत गर्न सहज बनाउनुको साथै स्थानिय स्तरमा उत्पादन भएका कृषि उपजलाई बजार सम्म पुराउन मद्धत पुगेको छ । यि सडक सञ्जालहरुले वडालाई कृषि उपजमा आत्मनिर्भर बनाउने लक्ष्यलाई ईटा थप्ने विश्वास लिइएको छ ।

खानेपानी र सिचाइ, पुल
समस्या अनेक भएपनि पहिलो पटक निर्वाचित भएर आएपछि जन प्रतिनिधीले कामको सुरुवात भने गरी सकेका छन । घरघरमा खानेपानी पुराउन योजनाहरु अगाडी बढेका छन ।

सिचाइको लागि पनि योजना अगाडी बढेका छन । तर पनि राप्ती नदिको पानी रातदिन त्यसै खेर गइरहेको छ । त्यसलाइ सदुपयोग गर्न सक्ने हो भने धेरैको जिवन परिवर्तन हुन सक्छ । त्यस्तै राप्ती नदिमा झोलंगे पुल निर्माण भएका छन ।

धार्मिक
विविध धर्म संस्कृति र जातजातिको बसोबास रहेको यो वडामा धार्मिक तथा साँस्कृतिक महत्व बोकेका मठ मन्दिरहरु रहेका छन । यस क्षेत्रका आ आफ्नो चलन परम्परा अनुसार गरिने पुजा आजा र विश्वासले यस क्षेत्रको झनै महत्व बोकेको छ । यस क्षेत्रको धार्मिक एवं ऐतिहासिक महत्वलाई मध्यनजर गरी यसको संरक्षणमा जोड दिन थालिएको छ यस क्षेत्र वरीपरीको प्राकृतिक सुन्दरता र रमणिय वातावरण त छदै छ, वडाका विभिन्न स्थानहरुमा रहेका धार्मिक तथा साँस्कृतिक महत्व बोकेका शक्तिपिठहरुले यस क्षेत्रका जनताहरुको धर्म सँस्कृति प्रतिको आस्था र भावनालाई उजागर गरेको छ । यहाँका धार्मिक आस्थाका रुपमा रहेको मठ÷मन्दिरमा यहाँका वासिन्दाहरुको आस्था रहदै आएको छ ।
विभिन्न देवि देवताका मठ मन्दिर शिवालय आदिले शितगंगा नगरपालिका वडा नं.८ शुसोभित छ । यस वडाको सातमारामा सुपा देउराली मन्दिर रहेको छ । यहाँ पुजा गर्न आउने भक्तजनहरुको संख्या बढ्दो छ । यसको निर्माण तथा संरक्षणमा वडाले विशेष रुपमा आर्थिक सहयोग गर्दै आएको छ । धार्मिक महत्व रहेको यो मन्दिर वरपरको क्षेत्र निकै सुन्दर र रमणिय छ । यसको संरक्षण, सबद्र्धन तथा प्रचारप्रसार गर्न सक्ने् हो भने धार्मिक व्यक्तिहरुको यो एउटा राम्रो गन्तव्य स्थल बन्ने देखिन्छ ।

त्यसै गरी सोही वडाको बढीदमारमा पनि सुपा देउराली मन्दिर रहेको छ । यो मन्दिरमा स्थानिय क्षेत्रका मानिसहरुले भाकल तथा आजापुजा गर्ने गर्दछन । यहाँ पुगी बरदान मागेमा ईच्छा आकांक्षा पुरा हुने विश्वास रहि आएको छ ।
त्यसै गरी सोही वडाको डम्रे खर्कमा रहेको बराथान मन्दिर पनि स्थानिय क्षेत्रमा महत्व बोकेको मन्दिर हो । यो मन्दिरलाई यस क्षेत्रकै विशेष मन्दिरका रुपमा लिईन्छ । यहाँ पुगी बरदान मागेमा पुरा हुने विश्वास रही आएको छ ।
नेपालीहरुको मुख्य चाड वडा दशैँ, तिहार, शिवरात्री, चैते दशैँ लगाएतका विशेष अवसरमा यहाँका कोतहरुमा विशेष पुजा सहित विभिन्न देविदेवताको पुजा गरिन्छ ।

त्यस्तै सोही वडाको लाहापेमा धार्मिक महत्व बोकेका शिव मन्दिर, दुर्गा मन्दिर, कालासिद्ध मन्दिर लगाएतका थुप्रै मन्दिरहरु रहेका छन । जसले धर्म तथा परम्परालाई जोगाई स्थानिय बासीको आस्था र विश्वासलाई समेत जोडेको छ । गाँउ घरमा हुने आजापुजामा भगवानको रुपमा पुजा गरी सम्झने चलन छ ।

पर्यटकिय क्षेत्र
यस वडामा महत्वपुर्ण स्थल हो कृष्णसेन सहिद पार्क । यो पार्क वडाको सातमारामा निर्माण गर्न लागिएको छ । एक महत्वपुर्ण स्थलको रुपमा निर्माण गर्न लागिएको यो नगरकै नमुना पार्कको रुपमा अगाडी बढाइने लक्ष्य राखिएको छ ।

यस क्षेत्रमै अर्को महत्व बोकेको क्षेत्र हो राप्ती नदि । प्राकृतिक एवं जैविक रुपमा मनमोहक तथा रमणिय क्षेत्रको रुपमा रहेको यो नदिले यस क्षेत्रको महत्वलाई जोडेको छ ।

नदिमा र्याप्टिङ, बोटिङ, पिकनिक स्पोटको रुपमा विकास गरी पर्यटन क्षेत्रका रुपमा अगाडी बढाउन सकेमा नमुना पर्यटकिय क्षेत्रको रुपमा विकास हुने देखिन्छ । यस क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सके आन्तरीक एवं बाह्य पर्यटकहरुलाई भित्राउन सकिने सम्भावना रहेको छ ।
यसै गरी लाहापेमा रहेको दुई जिल्ला जोड्ने झोलंगे पुल पनि एउटा पर्यटकिय महत्व बोकेको क्षेत्र हो । स्थानिय स्तरमा पर्यटकिय महत्व बोकेको यो पुल क्षेत्र निकै रमणिय र सुन्दर छ । यस पुलले त्यस क्षेत्रको महत्वलाई जोडेको छ । विशेष गरी पछिल्लो समय घुम्न आउने युवा पुस्ताहरुको लागि राम्रो गन्तव्य स्थल बन्दै गइरहेको छ ।
प्राकृतिक एवं मानव निर्मित यस्ता सम्पदाहरुले वडाको चिनारीलाई अझ बढाएका छन । खाँचो छ त केबल यिनीहरुको संरक्षण र प्रचारप्रसारको ।
जनप्रतिनीधिहरु आए पछि विभिन्न विकास निर्माणका कामले क्रमश प्राथमिकता पाउँदै आएका छन । भौगोलिक बनोटका आधार, सामाजिक, आर्थिक रुपले पिछडिएका वर्ग समुदायहरुको हितलाई मध्यनजर गर्दै दिगो रुपमा कार्यक्रमहरु संचालन गरी वडालाई नमुना वडाको रुपमा विकास गर्ने लक्ष्य लिएको वडा  छ ।

सिपमुलक तालिम
खेतबारी, घाँसपात र चुलोचौकोमा व्यस्त बन्दै आएका महिलाहरु लाई सीपमुलक तालिमको व्यवस्था गरी उनीहरु लाई सक्षम र आत्मनिर्भर बनाउनुको साथै न्यायको सहज पहुँचको लागि वडाले विभिन्न तालिमहरु संचालन गरी रहेको छ ।

शिक्षा
समाजको विकासको लागि शिक्षाको महत्वपुर्ण भुमिका रहेको हुन्छ । त्यसैले यस वडाको लाहापेमा लाहापे माध्यमिक विद्यालयलाई शैक्षिक धरोहरको रुपमा विकास गरीएको छ । त्यस्तै सोही लाहापेमा नव ज्योती आधारभुत विद्यालय, आपँचौरमा अंशुवर्मा आधारभुत विद्यालय, तिनखन्डेमा बाल ज्योती आधारभुत विद्यालय, धोद्रेमा बाल शिक्षा आधारभूत विद्यालय रहेका छन ।

समुदायमा रहेका बालबालिकाहरुको पहुँचका साथै उनीहरु लाई गुणस्तरिय शिक्षाको लागि शिक्षक, अभिभावक, वि.व्य.स., शि.अ.स. तथा सरोकारवालाहरु सकृय रुपमा लागि रहेका छन् । अतिरिक्त ज्ञान सीप प्रदानको लागि लाहापे माध्यमिक विद्यालयमा कम्प्युटर प्रयोगशालाको समेत व्यवस्था गरी विद्यार्थीहरु लाइ सुचना प्रविधिसँग जोड्ने कार्य भइरहेको छ ।

सामुदायिक वन
यो वडा का प्राकृतिक वातावरण एवं जैविक विविधतालाई संरक्षण गर्न १३ वटा सामुदायिक वन सकृय रहेका छन् । प्रचुर संभावना रहेका यहाँका वन क्षेत्रको विकासको ति सामुदायिकका समिती तथा उपभोत्ताहरु अघि बढि रहेका छन ।

स्वास्थ्य ईकाइ वा स्वास्थ्य चौकीहरु
यस वडाको लाहापेमा आधारभूत स्वास्थ्य केन्द्र रहेको छ भने बढिदमारमा एउटा सामुदायिक स्वास्थ्य ईकाइ रहेको छ । सामान्य रोगको उपचारको लागि पनि अर्को जिल्लामा जानुपर्ने बाध्यतालाई यि स्वास्थ्य केन्द्र तथा स्वास्थ्य ईकाइले हटाउँदै गइरहेका छन । स्थानिय स्तरमा सहज र सुलभ तरिकाबाट विरामीहरुले उपचार गर्न गराउन पाउने अवस्थाको सिर्जना गर्न वडाले विशेष पहल गर्दै आइरहेको छ ।

सुरक्षा

वडाका नागरीकलाई सुरक्षाको प्रत्याभुती गराउन सातमारामा अस्थायी प्रहरी चाैकी रहेको छ । याे प्रहरी चाैकी नागरीकहरुको सुरक्षामा अहोरात्र खटेको छ ।

सिंह दरबारको अधिकार स्थानिय निकायमा आएको हालको अवस्थामा ति अधिकारको प्रयोग तथा कार्यान्वयनमा आईपर्ने समस्या र चुनौतीहरुको समाधान गर्दै नागरिकहरु लाई सुशासनको माध्यमबाट छिटो छरितो र भरपर्दो रुपमा सेवा प्रवाह गर्न वडा अहोरात्र खटिरहेको छ । वडा भित्र रहेका प्राकृतिक सम्पदा, धार्मिक तथा साँस्कृति स्थल तथा उर्भर भुमीका यी फाँटहरुले सबैको मन लोभ्याउने गर्छ ।

यसरी वडाको विकास र समृद्धिलाई थप उचाईमा पुर्याउन जनप्रतिनिधीहरुले बृहत योजना सहित अघि बढ्ने सकारात्मक प्रयास गरीरहेका छन । सिहंदरबारको अधिकार गाँउगाँउमा आएपछि विकास निमार्णको अभियानलाई डोर्याउन सकेमा यसले समृद्धिको दिर्घकालिन लक्ष्यलाई छिटो भेटाउन सक्ने उतिकै सम्भावना रहेको छ । समय समयमा वडामा बस्ने जनप्रतिनिधीहरुको बैठकबाट जनताका समस्यालाई सम्बोधन गर्दै विकास निर्माणका विषयमा छलफल हुने गरेको छ ।

 

सुझाव
सरकारले कृषि र पशुपालनमा जोड दिए पनि त्यसको व्यवसायिक विकास हुन सकेको छैन । स्थानिय बासिन्दा परम्परागत खेती प्रणाली र निवार्हमुखी खेती किसानीमै संलग्न रहेका छन । वडाका सबै टोलहरुमा विद्युत, सडक तथा खानेपानीको सुविधा पुग्न अझै सकेको छैन । सबै क्षेत्रमा संचारको असुविधा कायमै छ । स्थानिय बासीन्दाले सहजताका साथ स्वास्थ्य सुविधा पाउन सकेका छैनन । शिक्षा क्षेत्रमा विद्यालयहरुले अपेक्षित रुपमा बालबालिकाहरु लाई शैक्षिक गुणस्तर दिन सकिरहेका छैनन ।

विभिन्न दृष्टिकोणबाट धेरै सम्भावना बोकेको यो वडामा विकास निर्माणका कार्यहरु गर्न पनि धेरै छन । वडाको समग्र विकासको लागि जनप्रतिनिधी लगाएत यहाँका सबै नागरिकहरुको सहभागिता र सहकार्य हुन उत्तिकै आवश्यक छ । त्यसका लागी सबैले आआफ्नो क्षेत्रबाट अगाडी बढ्न जरुरी देखिन्छ । तब मात्र बन्ने छ समृद्ध वडा नम्बर आठ ।

कुनैपनि मिडियालाइ याे सामाग्री प्रकाशनकाे लागि अनुमति दिइएकाे छैन ।