शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

शितगंगामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

शितगंगा । अर्घाखाँचीको शितगंगा नगरपालिकाको छैठौँ अन्तर विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । जस प्रतियोगितामा सरस्वती मावि सितापुर प्रथम भएको छ । पुस १९ गते शितगंगा नगरपालिकाको खेल मैदान शितगंगा १२ रजियामा सुरु भएको प्रतियोगितामा कुल ९ पदक सहित सरस्वती मावि प्रथम भएको हो । उक्त विद्यालयले ५ स्वर्ण, ३ रजत र १ कास्य प्राप्त गरेको गरेको छ ।

शितगंगा नगरपालिका ८ मा रहेको लापे मावि ३ स्वर्ण ,४ रजत र १ कास्य गरी कुल ८ पदक जितेर द्धितिय भएको छ । त्यस्तै ३ स्वर्ण, ३ रजत र २ कास्य गरि कुल ८ पदक सहित वडा नं. ९ मा रहेको पाँकुरी माविले तृतिय स्थान हासिल गरेको छ ।

शितगंगा नगरपालिकाको आयोजनामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यस पालिका भित्र सञ्चालित १५ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । यस्तै मन्द्रे मावि शिनपा १ ले २ स्वर्ण, २ कास्य गरी ४ पदक हासील गरेको छ । ज्योति मावि शिनपा ४ ले १ स्वर्ण, १ कास्य गरी २ पदक, सुधा मावि शिनापा ५ ले १ स्वर्ण, २ रजत,र ५ काास्य गरी ८ पदक, हरी मावि शिनपा ५ ले २ स्वर्ण र २ रजत गरी जम्मा ४ पदक, शिवादह मावि शिनपा ६ ले स्वर्ण , १ रजत, २ कास्य गरी कुल ४ पदक, जनजागृति मावि शिनपा १० ले २ कास्य, सुवोधनी मावि ले १ रजत, धर्मोदय मावि शिनपा ११ ले ३ स्वर्ण , १ रजत गरी कसल ४ ओटा पदक , गौरा मावि शिनपा १२ ले ५ रजत, ४ कास्य गरी जम्मा ९ पदक, रिकोट मावि शिनपा १३ ले १ स्वर्ण, १ रजत, १ कास्य गरी ३ पदक, प्रभाकर मावि शिनपा १४ ले २ स्वर्ण , २ रजत, २ कास्य गरी जम्मा ६ पदक , पावर मावि ले १ स्वर्ण, २ रजत, ३ कास्य गरी ६ पदक हासील गरेको छ । सरस्वती मावि सितापुरले लगातार तेस्रो पटक जित्दै शिल हात पारेको छ ।