सोमवार, मंसिर २४, २०८१

व्यवस्था परिवर्तनमा हाम्रो भुमिका के ?

प्रकाश घिमिरे, अर्घाखाँची ।

२००७ को परिवर्तनका बारेमा हामीले पढेको इतिहासले जहानिँया राणासाशनले चरम दमन अत्याचार गरेको परिवारिक वृतमा शासन सत्ता घुमेको राजपरिवारलाई समेत बन्दिसरह राखेर शासन गरेको पढ्न पाउँछौ । समयको आवश्यक्ता जसरी त्यो परिवर्तनलाइ हामीले प्रजातन्त्र दिवस भनेर पन्चायत कालमा समेत मान्ने गर्यौ । २००७ को परिवर्तन पश्चातको अवस्थालाइ निश्पक्ष र नेपालको वस्तुस्थिति र त्यो बेलादेखिको चेतना स्तर हेर्ने हो भने प्रष्ट बुझ्न सकिन्छ । किन र कसरी राजामहेन्द्रले अंकुश लगाए भनेर ।

सामन्ति चेतना र संस्कारबाट हुर्किएको दमन थिचोमिचो सहेको जनप्रतिनिधि, मुखिया वा प्रशासकले आफुले भोगेकै केहि अंश दमनलाइ आवरणमा रुपान्तरण भएको व्यवस्था संगै नयाँ नयाँ रुपमा बोकेरै हिडेको देखिन्छ ।

२०१७ सालमा राजामहेन्द्रले गरेको ‘कु’ पनि त्यसैको निरन्तरता थियो । उदेश्य राम्रो नराम्रो भनेर टिप्पणि गर्न त सकिन्छ तर वस्तुस्थिति र शक्तिशालि हुने चेष्टा शासकमा जहाँपनि देखिने स्वभाव हुदैं हो ।

२००७ सालको परिवर्तन पश्चात सत्तामा शक्तिशालि हुन भारतको प्यारो हुने होड पनि तत्कालिन नेतृत्वमा रहेको बुझ्न सकिन्छ । हामीले आज जुन अवस्थामा रहेपनि इतिहासमा साँच्चै नै जहानिंया शासन व्यवस्था विरुद्व भएको त्यस महान आन्दोलनको अवमुल्य गर्नुहुदैन ।

पञ्चायतकालमा भएका अनेक आन्दोलन र बलिदानको अवमुल्यन गर्नुहुदैन । व्यवस्था विरुद्ध बोल्नै नमिल्ने त्यस बेलाको आन्दोलनमा साच्चैनै जनजनमा परिवर्तनका चाहनाहरु अन्कुराउदै थिए ।

बाल्यकालका केहि धमिला तस्बिरहरु आखामा ल्याउदा पनि मलाइ त्यो आन्दोलन र जनपेक्षा निकै विशाल थियो जस्तो लाग्छ । मान्छेहरु डराइ डराइ पनि संगठन गर्दै हिडेका रातिमा हुने सांगितिक चेतनाका सांगितिक कार्यक्रम पार्टी र सिद्दान्तका आदर्श प्रवचनहरु साच्चै स्वर्णिम युगकै मिठो परिकल्पना जस्तै लाग्थे । बिरासतमा पाएको राजनैतिक अधिकार र पारिवारिक घेराभित्रको सर्वशक्तिमान चरित्र राजतन्त्रको भुल्नै नसकिने अध्यारा पाटाहरु थिए । बोलेकै कुरा कानुन हुने त्यो समय र आज पुत्ला जलाउदै मुर्दावाद भन्न पाउने समय बिचको अन्तराल मात्र करिब ३२ वर्षको छ ।

राजनैतिक चेतना हुनाले व्यवस्था परिवर्तन भएपनि समग्र देश परिवर्तन त नहुदोरैछ । तथापी हामीले आजका विकृति विसङ्गतिहरु लाइ हेरेर अध्यारो हिजका पाटाहरुलाइ भुल्नुहुदैन ।

हाम्रो नया पुस्ताको प्रत्यक्ष सहभागिता र बलिदानको कुरा गर्दा साच्चै यस व्यवस्था परिवर्तनमा लगभग बेखबर जस्तो लाग्छ ।

काठमाण्डौ केन्द्रित २०६२/०६३ को आन्दोलन र ०५२ देखि चलेको दश वर्षे सशस्त्र युद्धको पृष्ठभुमि जनजनलाइ रटाइएका परिवर्तन पछि जनताका अधिकार सु-शाशन, न्याय र समानताका कुराहरु
आज एकाएक भ्रष्ट्रचारमा परिणत हुदा अहिलेको मात्र होइन
पुरानो पुस्तापनि सन्तुष्ट छैन ।

सबैले देश बनाउन आफ्नो ठाउबाट केहि गर्ने समाजलाइ सेवा गर्नुपर्छ भन्ने भावराख्ने पुस्तालाइ अनेकन सत्तोसराप गरेर व्यवस्थालाइ मात्र सधै विकासको बाधक मान्ने हाम्रो अर्धचेतनाले हामीलाइ सधै विनासकै बाटोमा लैजान्छ ।

२००४६ को परिवर्तन र त्यस्का उपलब्धिहरुलाइ बेवास्ता गर्दा देश चरम युद्धमा फस्यो । शासन सत्तामा सधै भ्रष्ट मान्छेपुग्नु जनता सधै हुल हुज्जतका पछाडि लागेर, लोभलालचमा लागेर पनि राम्रो व्यक्तिको पहुचबाट सत्ता परै छ । यहि कुराको राम्रो अध्ययन र विष्लेषण हामीले भन्दा दलहरुले बुझेका छ्न र सधै सत्तामा पुग्न केहि उधोगपति ठेकेदारहरु संग सअहकार्य गर्दै चुनाव जित्न अनैतिक बाटो अपनाउछन । यस्को दोष हामी व्यवस्थालाइ दिन्छौ ।

४०/५० वर्ष बामपन्थि आन्दोलनमा रहेर आफ्नो उन्नति भन्दा माखो नमारेका एकजना नेताले बल्ल सुनिने गरि बहन्दैथिए । भुमिमा व्यक्तिको स्वामित्व रहेसम्म भुमिहिन समस्या रहिरहन्छ ।

हामी आफै बुझ्नपर्ने बेला होइन र यो ? सर्वहारा वर्गको उत्थान भनेर साहनुभुति र विश्वास बटुलेकाहरुले यति सत्य कुरा पनि व्यवहारत लागु गर्दैनन । किनभने जमिन्दार ठेकेदारहरुको अबैधानिक श्रोतबाट आर्जेको अकुत सम्पतिबाट चुनाव जित्नु छ । साच्चै कृषि कर्म गर्नेहरु सँग उत्पादनशील भुमि छैन । सबै भुमिहिनहरु सडक र जङ्गल अतिक्रमण गरेर पनि बसेका छैनन । सबै भुमिहिनहरु शोसण दमन र अन्यायमा परेरै भुमिहिन भएका पनि होइनन । भुमिहिनहरुको परिभाषा के त ? भुमि दिनुपर्छ बास बस्नलाई मात्र होइन पुरै परिवार पाल्नलाइ र व्यवसायिक कृषि गर्नलाइ । अरुलाइ शिप र क्षमताको आधारमा अवसर दिनुपर्छ । बास बस्नलाइ, आवास वा बासस्थान बनाउन लाइ जमिन दिनुपर्छ।

परिवर्तनलाइ आत्मसाथ गरौ इतिहासको सम्मान गरौ । हिजोलाइ सत्तोसराप गर्ने र हिजै स्वर्णिम युग थियो भन्ने अबको विकल्प होइन । कांग्रेसले प्रजातन्त्र बिज रोप्यो, अरु भुलिदेउ नराम्रा कुरा । एमालेले सम्पुर्ण कम्युनिस्टलाइ शान्तिपुर्ण अवतरणको बाटो खोल्यो अरु नराम्राकेहि हिजका भुलिदेउ । माओवादीले गणतन्त्र ल्याउन सबैभन्दा शसक्त भुमिका खेल्यो अध्यारा पाटा भुलिदेउ । सबैको सम्मान जनताले पनि गरेकै हुन वर्तमान र इतिहासले पनि कलङ्क र योगदानको विश्लेषण गर्ने नै छ ।

अब हामी र हाम्रो नया पुस्ता व्यवसायिक दक्षता तर्फ अघि बढौं । सरकारी तलब खाएर पार्टीको राजनैतिक युनिएन बनाउने परिपाटी विरुद्ध आवाज उठाऔँ । हामी भाग्यमानि पनि छौ । हामिले हतियार उठाउने अवस्थाको हाम्रा राम्रा नराम्रा भ्रष्ट त्यागि अग्रजहरुले अन्त्य गरेका छन ।