शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

लाहापेमा विविध कार्यक्रम गरी मनाईयो ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवश

रातोप्रेस/ अर्घाखाँची ।

विभिन्न कार्यक्रमको आयोजना गरी अर्घाखाँचीको शितगंगा-८ लाहापेमा ११४ औँ अर्न्तराष्ट्रिय महिला दिवस मनाईएको छ । शितगंगा-८ वडा कार्यालयको आयोजनामा हिजो खुला नृत्य प्रतियोगिता तथा अन्तरकृया कार्यक्रम आयोजना गरि मनाईएको हो ।

“महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी” भन्ने मुल नारालाई सफल बनाउन महिला दिवसको अवसरमा खुला नृत्य प्रतियोगिता तथा अन्तरकृया आयोजना गरिएको थियो ।

कार्यक्रममा वडाका जनप्रतिनिधी, महिला समुहका अगुवा दिदिबहिनी, नेतृ, शिक्षक तथा कर्मचारी लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो । प्रतियोगितामा उत्कृष्ट हुने सबै समूहलाई नगद र प्रमाणपत्र प्रदान गरिएको वडा सचिव मिना पन्थीले जानकारी दिनु भयो ।