शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

रास्वपामा स्वेच्छिक शुल्क तिरेर सदस्य बन्न पाइने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा स्वेच्छिक शुल्क तिरेर सदस्यता लिन पाइने भएको छ। मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टी सचिवालयको बैठकले सदस्यताबारे यस्तो व्यवस्था गरेको हो ।

रास्वपाले यसअघि सदस्यता शुल्क एक हजार रुपैयाँ कायम राखेकोमा अब त्यसमा बढाएर, घटाएर वा स्वेच्छिक शुल्क तिर्न सकिने व्यवस्था गरिएको महामन्त्री मुकुल ढकालद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै पार्टीको विभिन्न तहगत निकायका पदाधिकारी तथा सदस्यहरूले पार्टीमा बुझाउनुपर्ने वार्षिक लेबी शुल्कलाई परिमार्जन गरिएको, सार्वजनिक प्रशासनसम्बन्धी अध्ययन कार्यदल र ऊर्जा नीति कार्यदलको म्याद तीन महिना थप गर्ने निर्णय गरिएको विज्ञप्तीमा उल्लेख छ ।

तलको विज्ञप्ति हेर्नुहोस :