शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

समाजसेवी एवं रातोप्रेस डटकमका सल्लाहकार प्रकाश थापाले लिए जियालाई पढाउने जिम्मा (भिडियो सहित)

रातोप्रेस डटकम, कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभूमि–१ विरपुर निवासी रातोप्रेस डटकमका सल्लाहकार सदस्य एवं युवा समाजसेवी यम प्रताप थापा (प्रकाश) ले एक बालिकालाई पढाउने जिम्मा लिएका छन् ।

अर्घाखाँचीको मालारानी गाउँपालिका ७ बामरुक घर भई हाल कपिलवस्तुको बुद्धभूमि ९ इमिलियामा कोठा भाडामा बस्दै आएका बहुप्रतिभाकी धनि जिया भुसालको ३१ वर्षीय बुबा धनिश्वर भुसालको अल्पायुमा आज निधन भएको २३-२४ दिन पुगेको छ । पहिले देखिनै बिरामी धनिश्वरको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भयो । लामो समय देखि जण्डिसका बिरामी समेत भएका उनले सेतो रगत चढाई रहनु पर्थ्यो । उपचार खर्च जुटाउन नसक्दा समयमै उपचार गर्न पाएनन । लकडाउन र पैसाको अभावमा नियमित चेकजाँच नगरेको र औषधी नखाई बसे पछि उनलाई रोगले गाल्यो । अन्तिम चरणमा सिकिस्त बिरामी भई हस्पिटलमा लगी अप्रेसनको क्रममा मृत्यु भएको थियो ।

रातोप्रेस टिम पुग्दा लक्ष्मी र जियाको अवस्था

रातोप्रेस टिम

सामाजिक संजाल तथा युट्युब मार्फत त्यो बेसाहारा पारिवारको बारेमा रातोप्रेस टिमलाई खबर प्राप्त भयो । खबर प्राप्त हुनासाथ रातोप्रेस टिम कपिलवस्तुको बुद्धभूमि १ विरपुरमा पुगेको थियो । त्यो टिम त्यहाँको पिडा अरूलाई देखाउन भन्दा पनि लक्ष्मीको र जियाको भविष्यकको विषयमा थप सहयोगका लागि लक्ष्मीको माईती घरमा पुगेको थियो ।

उक्त घरमा प्रवेश गर्नासाथ त्यहाँ सबैका अनुहार मलिन थिए । श्रीमानको मृत्युको त्यो पिडाले लक्ष्मीको आँखाबाट आँसुको धारो बगि रहेको थियो । जिन्दगीमा एकै साथ रहने खुसी खोसिए पछि दैवले अहिले त्यो पारिवारलाई बेसाहारा बनाई दिएको छ । भर्खरै २५-२६ वर्षको त्यो कलिलै उमेरको जिन्दगी उजाड बनेको छ ।

परिवारलाई खुसीसाथ राख्न संघर्स गर्दै आएका उनले जेनतेन जिन्दगी धानेका थिए । श्रीमान धनिश्वरको मृत्यु पछि अहिले जियाको सुन्दर भविष्य र लक्ष्मीको कलिलो जवानीमा तुषारोपात आई लाग्यो । रिपोटिङका लागि पुग्दा श्रीमान बितेको २५/२६ दिन बितिसक्दा पनि त्यो पिडाले लक्ष्मी र जियालाई छाडेको थिएन ।

जिन्दगीमा संघर्स गरेर भए पनि आफ्नी ६ वर्षिय छोरीलाई जिया भुसाललाई असल व्यक्ति र कलाकार बनाउने सपना लिएका उनको मृत्यु पश्चात लक्ष्मी पिडामा छिन । यो पिडाले लक्ष्मीलाई मात्रै हैन उनको सानी छोरी जियालाई समेत नराम्रोसँग पिरोलेको छ । पिडा पोख्दै गर्दा आँखामा रसाएको आँसु लुकाउन सकिनन् लक्ष्मीले ।

उपचार गर्दा लागेको ९/१० लाख ऋण छ । सम्पत्ति केही पनि छैन । अहिले माईतिकी ढोका ढकढकाउन पुगेकी छिन् । उनको छोरी जियालाई पालनपोषण र शिक्षा दिन समस्यामा परेकी हुनन । श्रीमानको निधनपछि एक्लो जीवनको जिउने साहारा नै छोरी भएको उनले बताइन् । ‘छोरीलाई हेरेर मन बुझाउँछु’, लक्ष्मीले भनीन् । श्रीमानको निधनले भर्खरको उमेरलाई छोरीको खुशीमा समेट्न खोजेकी छिन् । छोराछोरीको राम्रो शिक्षाका लागि सबैसंग हात फैल्याउन बाध्य उनीहरुको अनुहारमा त्यो पिडा स्पष्ट झल्कन्थ्यो । पिडाको घाउमा मल्हम लगाउदै छोरी जियाको प्रतिभा हेरेर जीउने साहस गर्ने हिम्मत लिनु नै उनको एक विकल्प छ ।

उनको मृत्यु पश्चात श्रीमती लक्ष्मी र छोरी जिया बेसाहारा बनेको अवस्थाको बारेमा रातोप्रेस डटकमका संवाददाताले त्यसै क्षेत्रमा बस्ने सोही टिमका सल्लाहकार सदस्य प्रकाश थापालाई सबै कुरा जानकारी गराए । उक्त दुखद घटनाको जानकारी पाएपछि समाजसेवी थापाले सहयोग गर्ने इच्छा व्यक्त गरे । उनले आफु लक्ष्मीलाई आफ्नै बहिनीको रुपमा स्वीकार गरेका छ्न ।

समाजसेवी थापाले जियाको विद्यालय तह सम्म पठनपाठनमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने जिम्मेवारी लिएका छन् । साथै उनले दैनिकी गुजारा चलाउन जियाको आमा लक्ष्मी भुसाललाई समेत कुनै जागिरमा लगाईदिने बताए । समाजसेवी थापाले आफुले शेयर लगानी गरेको एक स्थानीय बोडिङ स्कुल नर्थ प्वाईन्ट एकेडमी पत्थरकोटमा जियालाई पठपाठन गराउने र त्यसमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने साथै सोही स्कुलमा उनको आमालाई जागिरमा लगाईदिने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

हिजो बिहीबार रिपोर्टका लागि गएको रातोप्रेस टिमसंगको अन्तर्वातामा बोल्दै थापाले जियाको पठनपाठनमा लाग्ने स्कुल फि देखि लत्ताकपडा, झोला, शैक्षिक सामग्री लगायत सम्पूर्ण खर्च व्यहोर्ने बताएका छ्न् । मिडियाका सामु लक्ष्मी र उनको माईती पक्षसँग कुराकानी गर्दै उनले त्यो प्रतिबद्धता गरेका हुन् ।

समाजसेवी थापा त्यस क्षेत्रका गरिब, विपन्न, असाहय, रोगी, दुखि व्यक्ति तथा परिवारको साहरा बन्दै उनले घर निर्माण देखि नगद तथा खाद्यान्न सामग्री सहयोग गर्दै आएका छन् ।

पुरा भिडियो हेर्नको लागि तलको लिङ्क खोल्नुहोस् :