शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

मगर एकता दिवस लाहापेमा विभिन्न कार्यक्रम गरी मनाइयो

रातोप्रेस डटकम/ अर्घाखाँची ।

४२औँ राष्ट्रिय मगर एकता दिवस लाहापेमा विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ । मगर समुदायको बाहुल्यता रहेको अर्घाखाँचीको शितगंगा-८ लाहापेमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेर एकता दिवस मनाएको शितगंगा-८ को वडा सचिव मिना पन्थीले बताउनु भयो ।

शितगंगा नगरपालिकाले मगर एकता दिवसको उपलक्ष्यमा सार्वजनिक विदा गरेको थियो । दिवसको अवसरमा नेपाल मगर संघ शितगंगा-८ वडा समितिको आयोजना र शितगंगा-८ को आर्थिक सहयोगमा कार्यक्रम संचालन भएको थियो ।

कार्यक्रममा शुभकामना आदान प्रदानका साथै साँस्कृतिक कार्यक्रम तथा नृत्य प्रतियोगिता आयोजना गरिएको थियो ।

नेपाल मगर संघ शितगंगा- समितिका अध्यक्ष टान बहादुर रखालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथीमा नेपाल मगर संघका केन्द्रिय सदस्य टोप बहादुर बलाल, विशिष्ट अतिथीमा वडा अध्यक्ष रुकेश आले र जंग बहादुर सारू रहनु भएको थियो ।

सोही अवसरमा आयोजित नृत्य प्रतियोगितामा तिनखण्डे मगर समाज प्रथम, सृजनशिल स्वालम्वी समूह तिनखण्डे द्वितिय, लापे मावि समूह तृतिय र जलजला बोडिङ स्कुल समूह र बढीदमार मगर समूह सान्तवना स्थान हासिल गरेका थिए ।

अर्चना राना मगरको स्वागत मन्तव्य रहेको सोही कार्यक्रमको संचालन बेल बहादुर राना मगरले गर्नुभएको थियो ।

४२औँ राष्ट्रिय मगर एकता दिवस लाहापेमा विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ । मगर समुदायको बाहुल्यता रहेको अर्घाखाँचीको शितगंगा-८ लाहापेमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेर एकता दिवस मनाएको शितगंगा-८ को वडा सचिव मिना पन्थीले बताउनु भयो ।

शितगंगा नगरपालिकाले मगर एकता दिवसको उपलक्ष्यमा सार्वजनिक विदा गरेको थियो । दिवसको अवसरमा नेपाल मगर संघ शितगंगा-८ वडा समितिगोरखा नगर समितिको आयोजना र शितगंगा-८ को आर्थिक सहयोगमा कार्यक्रम संचालन भएको थियो ।

नेपाल मगर संघ शितगंगा- समितिका अध्यक्ष टान बहादुर रखालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथीमा नेपाल मगर संघ अर्घाखाँचीका इन्चार्ज टोप बहादुर बलाल, विशिष्ट अतिथीमा वडा अध्यक्ष रुकेश आले र जंग बहादुर सारू रहनु भएको थियो ।

कार्यक्रममा शुभकामना आदान प्रदानका साथै साँस्कृतिक कार्यक्रम तथा नृत्य प्रतियोगिता आयोजना गरिएको थियो । जसमा तिनखण्डे मगर समाज प्रथम, सृजनशिल स्वालम्वी समूह तिनखण्डे द्वितिय, लापे मावि समूह तृतिय र जलजला बोडिङ स्कुल समूह र बढीदमार मगर समूह सान्तवना स्थान हासिल गरेका थिए ।

अर्चना राना मगरको स्वागत मन्तव्य रहेको सोही कार्यक्रमको संचालन बेल बहादुर राना मगरले गर्नुभएको थियो ।