शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

बुद्धभूमि क्याम्पसमा बाबुराम गिरी नेतृत्वको अनेरास्ववियु प्यानल विजयी

रातोप्रेस/बुद्धभूमि । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ९ चौवन्नपुरमा रहेको बुद्धभूमि क्याम्पसमा अनेरास्ववीयुको पुरै प्यानल विजयी भएको छ । त्यस्तै समानुपातिकतर्फ पनि अनेरास्ववीयुले कब्जा जमाउन सफल भएको छ ।

स्ववियु सभापतिमा अनेरास्ववीयुका बाबुराम गिरी २१ मतअन्तरले विजयी भएका छन् । गिरीले १ सय १६ मत ल्याउदा निकटतम प्रतिद्धन्दी नेविसंघका जिवन प्रसाद भुसालले अध्यक्षमा जम्मा ९५ मत पाएका छन् ।

यसैगरी सचिवमा पनि अनेरास्ववीयुका सागर थारू चौधरीले १ सय २९ मत ल्याएर विजयी हुँदा नेविसंघका सचिन केवटले ८१ मत पाए ।

कोषाध्यक्षमा अनेरास्ववीयुका दिपा तिवारीले १ सय २६ मत ल्याएर विजयी हुँदा नेविसंघका सितारा थारूले ८४ मत ल्याएर पराजित भए ।

यस्तै सदस्यहरुमा अनेरास्ववीयुका सबै विजयी भएका छन् । प्रत्यक्षतर्फ सदस्यमा प्रिङका थारू, दिलिप कुमार विक, दिलमाया कुँवर, खगिश्व खत्री र मधु सुनार गिरी विजयी भएका छन् ।