शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

बुद्धभूमि क्याम्पसमा अनेरास्ववियुबाट सभापतिमा बाबुराम गिरीको उम्मेदवारी

रातोप्रेस/बुद्धभूमि ।

आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा बुद्धभूमि बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाट सभापतिमा बाबुराम गिरीको उम्मेदवारी परेको छ । अनेरास्ववियुको तर्फबाट गिरीले शनिबार स्ववियु सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । उनी अनेरास्ववियु बुद्धभूमि क्याम्पस इकाई कमिटीका सदस्य हुन् । अनेरास्ववियुबाट सचिवमा सागर थारू चौधरी र कोषाध्यक्षमा दिपा तिवारीले उम्मेदवारी दिएको अनेरास्ववियु बुद्धभूमि क्याम्पस कमिटीका अध्यक्ष सन्तोष राज बेल्बासेले रातोप्रेसलाई जानकारी गराए ।

त्यस्तै सदस्यहरुमा प्रिंका थारू, दिलिप कुमार विक, दिलमाया कुँवर, खगिसरा खत्री मधु सुनारले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दर्तापछि गिरीले स्ववियु एक अभियान भएको बताए । क्याम्पसको स्तरउन्नति, शैक्षिक रुपान्तरण, विद्यार्थी आन्दोलनको रक्षा र शिक्षा क्षेत्रमा देखिने विभिन्न विकृति विसंगतिको अन्त्यको निम्ति स्ववियु निर्वाचनमा अनेरास्ववियुलाई जिताउनु पर्ने बताए ।

बुद्धभूमि क्याम्पसमा अनेरास्ववियु र नेविसंघले उम्मेदवारी दिएका छन ।