शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

बुद्धभूमिको गोरूसिङ्गेमा २ दिने माघि मेला हुने

हेमन्त थारू/कपिलवस्तु । जिल्लाको बुद्धभूमि नगरपालिकामा २ दिने थारु जातीको नयाँ बर्ष तथा महान चाड माघीको उपलक्ष्यमा मेला लाग्ने भएको छ ।

बुद्धभूमि नगरस्तरीय माघि महोत्सव समारोह समितिको आयोजनामा थारू कल्याण कारीणी सभा बुद्धभूमिको समन्वयमा यहि पुस २९ गते देखि माघ १ गते सम्म थारू कल्याण कारीणी सभाहल गोरूसिङ्गेको मैदानमा “हम्मन संस्कृति हम्मनके शान, भुमिपुत्र थारु हमरे बचाई अपन पहिचान” भन्ने मुल नाराका साथ छैठौं बुद्धभूमि नगरस्तरीय माघि (खिचडी) महोत्सव-२०८० आयोजना गरिन लागेको प्रचारप्रसार समितिले जानकारी गराएको छ ।

थारु जातीको धर्म संस्कृति लोप हुदै गएकाले यसको जर्गेना गर्नुपर्ने भन्दै मेला आयोजना गरिने भएको हो । महोत्सवमा थारु जातीको परिकार रहनसहनका साथै भेषभूषा सम्वन्धि सांस्कृतिक स्टल समेत राखिने बताईएको छ । थारु जातीको परम्परागत कला संस्कृत झल्कीने झाँकी, मघौटा नाच, मुङ्गह्रवा नाच, झुम्रा नाच, थारु नृत्य, थारु र गैर थारु राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने समेत जानकारी गराईएको छ ।