शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

बराहक्षेत्र चतारा स्थित हनुमान मन्दिर : जहाँ एक दर्शनले चिताएको पुरा हुन्छ ।

कविता उषा ओझा, कठमाण्डौं  ।

हिन्दु धर्ममा भगवान मन्दिरको विशेष महत्व हुन्छनेपालको पूर्वि भाग, प्रदेश नम्बर – 1 , कोशी अञ्चल , सुनसरी जील्ला स्थित बराहक्षेत्र चतारा धाम , श्रीराम तारकब्रम्ह पीठमा अवस्थित विराट रामनाम रसीक ईच्छापुर्ण सिद्ध हनुमान मन्दिर एक होयस मन्दिरको तल्लो भाग मन्दिर भित्र पञ्चमुखी हनुमान मन्दिरको माथि टाढाबाट सम्म देखीने गरी नेपालमै हाल सम्मको सबैभन्दा अग्लो विराट हनुमान भगवानको प्रतिमा राखीएको  

 

उक्त हनुमान मन्दिर निर्माणको पछाडिको खास रहस्य यो हो की मन्दिर निर्माण अगावै भगवान हनुमानले श्रीराम तारकब्रम्ह पीठका पीठाधिस्वरलाई साधनामा ध्यान मग्न भएर बसेको अवस्थामा प्रत्यक्ष रूपमा दर्शन दिई भगवान हनुमान आफू विराट स्वरूपमा यसै चतारा धराधाममा बस्न चाहेको बताए पश्चात पञ्चमुखी अनि एकमुखी विराट स्वरूपमा भगवान हनुमानको प्रतिमा निमाण गरी वैधिक अनि सम्पुर्ण रूपमा शास्त्र सम्मत विधिविधान अनुसार भगवान हनुमान लाई साक्षात रूपमा आब्हान गरी उक्त प्रतिमामा प्राण प्रतिष्ठा गरी बिराजमान गराएपश्चात हनुमान भगवानको प्रिय नाम श्रीराम जय राम जय जय राम यस मन्त्रको अखण्डरूपमा कुनै दिन नटुटाईकन आज सम्म पनि किर्तन भईरहेको भने अर्को तर्फ अखण्डरूपमाहनुमानष्टकको पाठ भईरहेको हुन्छ अर्को तर्फवेद श्रीरामचरीतमानसको पाठ भईरहेको दृष्यले यस हनुमान मन्दिरमा प्रत्यक्ष रूपमा हनुमान भगवानको आभास भएको यहाँ आउने प्रत्येक भक्तको मुखबाट सुन्नमा आएको शास्त्रमा भनाई कीयत्र यत्र रधुनाथ किर्तनम् तत्र तत्र किर्तमस्तकाञ्जलीम् । “ अर्थात जहाँ जहाँ भगवान राम को किर्तन हुन्छ पवनसुत हनुमान त्याहाँ कुनै कुनै रूपमा उपस्थित हुनुहुन्छ



यस चतारा धाममा अवस्थित हनुमान मन्दिर रहस्य नै रहस्यले भरिएको यस मन्दिरको मुलद्वार बाट भित्र प्रवेस गरेपश्चात हनुमान भगवानको दर्शनले नै मानिशभित्ररहेका दैवि शक्ति वा भनौ कुण्डलीनी शक्ति आफै जागृत हुनुका साथै दैवि उर्जाको छुट्टै अनुभुति हुने पलेटी मारेर ढाड सीधागरी आँखा चिम्लेर भगवान राम अनि हनुमानलाई सम्झेर 5-10 मिनेट मात्र ध्यान गर्नाले स्वतः योग प्रकट हुने भएको ईश्वरीय सत्ताको हनुमान भगवानको प्रत्यक्ष आभास भएको धेरै भक्तजनहरूको भनाई यस मन्दिरमा रामनाम रसीक विराट ईच्छापुर्ण सिद्ध हनुमान भगवानको दर्शन मात्रले पनि शारिरीक , मानशिक रोग हटेर जाने अनि यदि कसैलाई भुत , प्रेतको बाधा भएमा एक पटक यस मन्दिरमा आएर हनुमान भगवानको अगाडी आफ्नो सारा समस्या भनेपछि हटेर जाने आफ्ना मनोकामनाहरू पुर्ण हुने जन विस्वास अधिकांस भक्तहरूको भनाई कुनै दुःखद धडी आउनु पुर्व नै पञ्चमुखी हनुमानको आँखाबाट आँशु झर्नै यस मन्दिरका पुजारी भन्नुहुन्छयदि कोहि एकदमै श्रद्धा पूर्वक भगवान हनुमानको प्रार्थना गर्छ भने पनि हनुमान भगवानको आँखाबाट प्रत्यक्ष आँशु झरेको भक्तहरूको भनाई सधै हनुमान मन्दिरमा निश्चित समयमा भगवानलाई भोग लगाईन्छ , निश्चित समयमा भगवानको आरति गरिन्छ

आज भन्दा 6 बर्ष आगडिको घटना हो बिहान हनुमान भगवानको आरतीमा केही समयको बिलम्ब भयो त्यपश्चातको घटना सोचेको भन्दा पनि परको अकल्पनिय घटना धट्यो भगवानका मन्दिरमा झुण्ड्याईएका घण्टहरू आफै बज्न लागे ठुलो हावा चल्न लाग्यो हेर्दा हैर्दै भगवान हनुमान विराट स्वरूपमा प्रकट भएर यता उता उड्न लागनुभयोउक्त मन्दिरमा भक्तहरूले त्यो दृश्य देखे तर 1.5km पर चतारा बसपार्क ऊक्त बसपार्कमा पनि विराट स्वरूपमा हनुमान भगवानलाई प्रत्यक्ष रूपमा दर्शन भएको चतारा स्थानिय हरू बताउछन् त्यस समयमा हनुमान भगवानलाई कसैले एउटा स्वरूपमा , कसैले भने हनुमान भगवानले साथमा वानर सेना लिएर हातमा गदा बोकी विराट स्वरूपमा उड्दै गरेको दृश्य आफुहरूले देखेको स्थानिय भक्तहरू बताउछन् उक्त दैवि शक्तिको प्रत्यक्ष प्रमाणको लागी अब अरू कुनै प्रमाणको आवश्यकता नभएको अवस्था प्रश्ट हुन्छ यो ब्रम्हाणड ईश्वर द्वारा नै श्रृजीत हो भगवान श्रीरामको आज्ञा अनुसार कलियुगका प्रत्यक्ष देवता हनुमान हुनुहुन्छ अब यो कुरा शास्त्रद्वारा प्रमाणीत नै अब उक्त हनुमान मन्दिरको दृश्यले पुर्ण रूपमा प्रमाणीत भएको यसै वैदिक सनातन हिन्दु धर्म प्रमाणीत एक मात्र शाश्वत सत्यहोयस हनुमान मन्दिरमा मंगलबार शनिबारको दिन भक्तहरूको विशेष भिड लाग्ने गरेको मानव शरिर लिएर यस धर्तीमा आईसके पश्चात चतारा जस्तो दिब्य अनि भब्य तिर्थस्थल जहाँ कलियुगका साक्षात देवता भगवान हनुमान प्रत्यक्ष बिराजमान हुनुहुन्छकलियुगका साक्षात देवता हनुमान जी हुनुहुन्छ हनुमान जी अहिले पनि यसै पृथ्वीमा अवस्थित हुनुहुन्छ भन्ने प्रमाण चतारा धामामा घटित दिब्य घटनाहरूबाटै प्रमाणीत हुन्छन।।।।



बराहक्षेत्र चतारा धाम धर्तिकै पहिलो धराधाम ।।।।

प्राचिन हरिद्वार बराहक्षेत्र चतारा धाम जुन आम जनमानसमा धार्मिक स्थलको रूपमा परिचित यसै बराहक्षेत्र चतारा धामलाइ नै पृथ्विको पहिलो धराधाम पनि भनिएको शास्त्रर्थ प्रमाण पाइन्छयस धर्तिमै प्रथम पटक भगवानले बराहक्षेत्र चतारा धाममा पाउ राख्नुभएको शास्त्रमा प्रमाण भेटीन्छसत्य युगमा हिरण्याक्ष नामक राक्षसले पृथ्विको अपहरण गरी जलमा लुकाएको अवस्थामा पृथ्विको उद्धार हेतु भगवानले बराह अवतार धारण गरी पृथ्विको उद्धार गर्नुभएको थियो भगवान स्वयम् ले आफुलाई सोही ठाऊमा एक अंशको रूपमा स्थापित गरी साक्षातरूपमा बिराजमान हुनुभयोमानव सभ्यताको उत्पती पनि यसै बराहक्षेत्र चतारा बाटै भएको शास्त्रमा उल्लेख अनि गायत्री मन्त्रको साक्षातकार पनि यही प्राचिन हरीद्वार बराहक्षेत्र चतारा धाममा नै ॠषि विश्वामित्रले गर्नुभएको नै शास्त्रीय प्रमाण भेटिन्छमन्त्रराज श्रीराम तारक मन्त्रको साक्षातकार पनि यसै बराहक्षेत्र चतारा धाममा नै भएको शास्त्रमा प्रमाण भेटिन्छ यसै बराहक्षेत्र चतारा नजीकै सप्तकौशिकी नदी कलकल बग्ने गरेकी छन् याहाँ कोका कोशीको संगम जहाँको एक मात्र स्नानले बलराम जी लाई लागेको ब्रम्ह हत्या पनी माफ भएको थियोशास्त्रमा उल्लेख भए अनुसार सप्तकौशिकी नदि लाई ॠषि विश्वामित्रकी बहिनी हुन्


धर्म , संस्कार , संस्कृतिमा हामी यती धनवान छौं की हाम्रो देश तिर्थै तिर्थको घर होतर सम्बन्धित निकायको ध्यान जान नसक्दा यस्ता अनेकौं दैवि शक्तिले युक्त दिब्य धामहरू पछाडी परिरहेका छन्