शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

पल्टनबाट अवकास लिई फर्केका प्रकाश थापा असाहय र गरिबको बने भगवान

भक्तिराम घिमिरे, कपिलवस्तु ।

पछिल्लो समय हाम्रो समाजमा महान् र उदाहरणीय कार्य गर्ने समाजसेवीको संख्या घट्दै गईरहेको बेला कपिलवस्तुको बुद्धभूमिमा भने एक युवाले सबैलाई समाजसेवाको पाठ सिकाएका छन । जिवनमा सम्पत्ति कमाउने मात्र चाहना नबोकेका ति युवाले मन्दिर, पाटीपौवा, सामुदायिक भवन, चौतारी बनाउने काम होइन, समाजमा रहेका बेसहारा, अशक्त, दिनदुखी, गरिब तथा असहायहरुलाई गास देखि बास सम्मको सहयोग गरेका छन ।

प्रकाश सम्मानित हुदैं

हृदयदेखि नै समाजसेवामा आफ्नो जिवन व्यतित गर्ने संकल्प गरेका उनले जनताको विश्वास र माया बटुल्दै “प्रकाश बाबु” का नामले गरिब दुखीका मन मष्तिष्कमा बस्न सफल भएका हुन । समाजसेवाका नाममा स्वार्थ पुरा गर्ने उद्देश्य बोकी समाजसेवा जस्तो पवित्र कार्य पनि बदनाम हुँदै गई रहेको अवस्थामा उनले चालेका कदमले समाजसेवाको परिभाषा नै बदलिदिएको छ ।

प्रकाश गरिबको झुपडीमा

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. १ विरपुरमा बाबु खाले थापा र आमा जसकला थापाको कोखबाट जन्मिएका यमप्रताप थापा (प्रकाश) ले गंगा ज्योति मावि, पत्थरकोटबाट एस.एल.सी. पास गरी पल्टन पसे । भारत सरकारको जागिर खाएर छोटो छुट्टिमा मातृभूमि फर्किदा समेत दुखि र गरिब देख्दा खुलेर सहयोग गर्ने उनी दया भावनाका रहेका छ्न ।

प्रकाशको सहयोगमा निर्माणधिन घर

कहिले चामलका बोरा त कहिले दालका बोरा लिएर गरिबको दैलो सम्म पुग्ने प्रकाश स्पोर्टमा भारतले सम्मान गरेका फौजि समेत हुन।

”गरिबको आशु कहिलै देख्न नसक्ने प्रकाश बाबु दयालु स्वभावका हुनुहुन्छ”, स्थानिय मनमाया विकले रातोप्रेसलाई बताईन ।

यस्तो छ घरको अवस्था

पल्टने जिवन १९ बर्ष भारतमा बिताएर २०१९ नोबेम्वरमा अबकास लिएका उनले आफ्नो बाँकी जिवन समाज सेवामा समर्पित गर्ने सोच राखेका छन । रिटाएर जिवनबाट नेपाल फर्कना साथ खुट्टा भाँचिएर बेसहरा र दुखित जिवन बिताएका छविलाल विकको अत्यन्तै नाजुक अवस्था देखेर उनको घरको निर्माण गरि दिए । थापाले बनाएको चिटिक्क परेको घरमा खुसीले बसेका छविलालले ”प्रकाश मेरो भगवान हुनुहुन्छ, जिवनमा चुहिने खरको छानो फालेर टिनको छानामुनी बस्ने मेरो सपना पुरा गर्दिनु भयो”, उनले भने । बुद्धभुमि न.पा. १ ले टिन दियो तर घर ठडाउने मेरो हिम्मत थिएन तर भगवान जस्तै गरी मेरो घरको दैलोमा आएर उहाँले मलाई सहयोग गर्छु भन्दै मेरो घर सम्पन्न गरिदिनु भयो, भन्दै छविलालले रातोप्रेस सँग खुसी व्यक्त गरे ।

पहिलेको घरको अवस्था

प्रकाशको सहयोगमा निर्माण भए पछिको घर

विश्वभरी माहामारीको रुप लिएको कोभिड-१९ मा समेत उनले वडा नं. १ मा रहेका १ सय १७ जना विपन्न परिवारलाई राहात वितरण गरि आफुलाई सामाजिक व्यक्तित्वको उदाहरण दिए ।

राहत वितरण गर्दै

राहत वितरण कार्य

गाँउका अति विपन्न परिवारका तुल बहादुर विकको घर निर्माणको कार्यमा लागेका छन । त्यती मात्र होईन परिवार बिहिन एक वृद्ध आमालाई बाचुञ्जेल आफुले खाना, स्वास्थ्य, लत्ता कपडाको सुबिधा गराउने समेत प्रतिबद्धता गररेका छन ।

उनको यो निस्वार्थ सहयोगलाई सबैले सम्मान गर्नुपर्ने र हौसला प्रदान गर्नुपर्ने स्थानिय युवा अभियान्ता पशुपति अर्यालले बताए।

उनको यो महान भावना र संकल्प प्रति हाम्रो टिम समेत एक्यबद्धता जनाउँदछ ।

यमप्रताप थापा

सम्मान स्वरुप यो खबर पढी सकेपछि शेयर गर्नुहोला !