शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

डोजर चलाउने तयारी अवस्थाको तरकारी बुद्धभूमिका १५ बढी क्वारेन्टाइनमा पुर्‍याईयो

रातोप्रेस संवाददाता, दिपक खनाल।

कपिलवस्तु । कोरोना माहामारीका कारण यतिबेला सिङ्गो देश आक्रान्त भएको अवस्था छ । त्यसमा पनि अझ कपिलवस्तु जिल्लामा दिनानुदिन कोरोना सङ्क्रमित संख्या बढिरहेको छ । यस विषम घडीमा बुद्धभूमि नगरपालिकाले पनि वडा स्तरमा क्वारेन्टाइन स्थापना गरेको छ । क्वारेन्टाइनमा वस्नेहरुको सङ्ख्या भने दिन प्रतिदिन बढिरहेको छ । जसले गर्दा व्यवस्थापनमा चुनौती थपिदै गएको अवस्था  छ ।

अर्को तर्फ निरन्तरको लकडाउनले बुद्धभूमिका व्यावसायिक कृषकका उत्पादनले बजार नपाएर खेतमै तरकारी कुहिएर गईरहेको छ । यो घडीमा बुद्घभूमि वडा नं. ४ का नेकपा सम्बद्घ युवाहरुले उदाहरणीय काम गरेका छन । बुड्ढी मिलटोला निवासी कृषक हरिप्रसाद भुसाल र चिन्कु थारूले करिब ९ कठ्ठामा लगाएको तरकारी माथि डोजर चलाउने तयारीलाई युवाहरूले रोकेका छ्न । लकडाउनका कारण बजार नपाएको ति कृषकको तरकारी खेतमै सड्न लागेको थियो ।

कोरोनाको उच्च जोखिमको अवस्थामा पनि बुद्दभूमि – ४ का नेकपा सम्बद्ध युवाहरुले ती कृषकका उत्पादन बुद्धभूमि नगरपालिकाका कोरोना क्वारेन्टाइनसम्म पुर्याउने अभियान चलाएका हुन ।

अभियानमा आबद्ध लेखनाथ खनाल र दिपक खनालका अनुसार कृषक हरिप्रसाद भुसाल र चिन्कु थारूले सहयोग स्वरुप प्रदान गरेको करिब ५ क्विन्टल बढी तरकारी युवाहरुले नगरपालिकाका १५ भन्दा बढी क्वारेन्टाइन सम्म पुर्याएर सिङ्गो नगरपालिकालाई विपतको यस समयमा सहयोगको वातावरण सिर्जना गरेका छन ।

अभियानमा बुद्धभूमि – ४ निवासी महेश बोहोरा, विकल शर्मा, किरण खनाल, ईश्वरी प्रसाद भुसाल, ठाकुर पोख्रेल, बिजय खनाल, उत्तम खनाल, शुभम भुसाल, अर्जुन रिजाल, युवराज गिरी, बासुदेव भुसालले सक्रियताका साथ सहयोग पुर्‍याएको दिपक खनालले जानकारी दिएका छन ।

यससँगै अब नगरपालिकाका सम्पूर्ण क्वारेन्टाइनमा नगरपालिका कै कृषकका उत्पादनलाई आवश्यकता अनुसार सहयोग स्वरूप उपलब्ध गराउने योजना बनाउदै गरेको युवाहरुले बताएका छन ।