शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

समयमै ध्यान पुर्‍याउन स्थानिय तहका जनप्रतिनिधिलाई केसिको सुझाव

अर्घाखाँची । विश्वव्यापी फैलिएको दोस्रो चरणको नयाँ भेरियन्ट सहितको कोभिड-१९ कोरोना भाइरसले पछिल्लो समय जन जिवन अस्तब्यस्त पार्दै गर्दा हाम्रो शितगंगा नगरपालिकाका विश्वभरि छरिएका जनताहरुपनि दैनिक जस्तै कोरोनाकै कारण जनता मृत्युदर बढि रहेको खबर सुनिएकै छ। अहिले फ्याट फुट्ट गाउमै पनि कोरोनाकै कारण मृत्यु भएको खबर सवै सामु आउन थालेको छ ।

शितगंगा नगरपालिका अर्घाखाँचीको दक्षिणमा रहेको ६१०.४३ वर्ग कि.मि. मा फैलिएको ४३,३७३ जनसंख्या भएको क्षेत्रफलको हिसाबले नेपालकै सबै भन्दा ठुलो नगरपालिका हो । यस ठाउका जनताहरु प्रमुख आम्दानी भनेकै वैदेशिक रोजगारनै मानिएको देखिन्छ। अहिले विभिन्न देश लगाएत तेस्रो मुलुकमा करिब ११,००० युवाहरु बिदेशिन बाध्य भएको डाटाले बताएको छ। पहिलो चरणको कोरोनामा बिभिन्न मुलुकबाट गाउँ फर्केका जनतालाई क्वारेन्टिन ब्यबस्थापन स्वास्थ सामाग्री विभिन्न नाकामा अलपत्र परेका जनतालाइ नगरपालिकाले ठुलै गुन लगाएकै हो ।

खर्च लगभग ८० लाख सकिएको थियो । त्यसकारण अहिले दोश्रो चरणको यो माहामारिमा जनताले आश गरि रहेका छन। काठमाण्डौ लगाएत बिभिन्न तेस्रो मुलुकबाट फर्कने जनतालाई होम क्वारेन्टिन भनिएको छ त्यसकारण झन माहामारी फैलिएको छ। यदि सकिन्छ भने चेक जाचमा कन्चुसाई नगरौ सकिन्न ब्यबस्थापनमा जोड दिऔ।

अब के गर्ने ? हामिले के गर्दा ठिक होला भनेर खै जनप्रतिनिधिहरु आपत्कालिन मिटिङ्ग ? सुचना प्रभाह गरेर मात्र पुग्छ र ? शैक्षिक सस्था बन्द भएको छ। अबको बैकल्पिक उपाए धेरै छन अक्सिजन नभएकै कारण मर्नु पर्ने बाध्यातालाई न्यून गर्न हामिले कदम चाल्नै पर्छ । स्थानिय सरकार के सहयोग गर्नु पर्छ, हामी सहयोग गर्छौ। बेरोजगार सावधानि अपनाएर युवालाई परिचालन गरौ पैसा चाइदैन तलब दिन पर्दैन, स्वयम सेवक रुपमै जनताको सेवा गर्न हामि तयार छौ। यदि सकिन्छ भने १४ ओटै वडामा आपत्कालिन अक्सिजन सहितको आइसोलेसन तयार गरौं ।

माहामारीमा कमसेकम विभिन्न हस्पिटलमा आइसियु खाली हुदा टान्सफर गर्न मिलोस। अक्सिजनकै कारण मर्न नपरोस । बजेटकै कमि छ भने अभियान चलाउ देश बिदेशमा सबै हाम्रै जनता छन। घर घरमा पैसा उठाऔ तर अक्सिजनकै कमिले मर्न नदिऔ।

विभिन्न योजनामा बजेट छुट्टिएकै छन तर खै त आपत्कालिक कोष ? माहामारी बाजा बजाएर आउदैन कोष खडा गर्दा पैसा सकिन्न बजेट हामी आफैले बनाउन सकिन्छ। पैसा छ भने बाटोपछि खनौला, भवन अर्को बर्ष बनाउला, खेल अर्को बर्ष खेलौला, तर अक्सिजनकै कमिले जनतालाई मर्न नदिऔ। हामि सबैजनताको ऐलेको आवस्यकलाई मध्यनजर गर्दै सम्भावना सहित कलम चलाएको छु। छिट्टै कार्यपालिकाको मिटिङ्ग बसेर यो कुराको कार्यनयन होस कामना सहित अनुरोध छ।

लेखक : झनक केसी (केसी सामाजिक क्षेत्रमा सकृय व्यक्तित्व हुनुहुन्छ । साथै उहाँ रातो प्रेस डटकमका खेलकुद ब्यूरो प्रमुख समेत हुनुहुन्छ ।)