शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

चन्द्रौटामा एक पाकिस्तानी नागरिक भेटिए

यही दाबीका बीच शनिबार दिनभर कपिलवस्तुमा विभिन्न चर्चा परिचर्चा चल्यो भने स्थानीय प्रशासन चनाखो हुँदै मस्जितको सुक्ष्म अध्ययनमा लाग्यो । कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढीरहेका बेला चलेको यो चर्चाले कृष्णनगर क्षेत्रका नागरिक त्रसित बनेका थिए ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका अनुसार गत जनवरी २१ मा एक पाकिस्तानी नागरिक चन्द्रौटा आएको फेला परेका छन् । ती नागरिक चन्द्रौटामा के कति कारणले आएर बसेका हुन् त्यसको अनुसन्धान भैरहेको प्रशासन कार्यालयले जनाएको छ ।

नेपाल सरकारले विदेशबाट आएका नागरिक अनिवार्य क्वारेनटाइनमा राख्नुपर्ने भनेको कारण ती पाकिस्तानी नागरिकलाई क्वारेनटाइनमा राखिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले मायादेवी अनलाइनलाई बताउनुभयो । ‘गत जनवरी २१ तारिखमा एक जना पाकिस्तानी नागरिक चन्द्रौटामा आएको फेला पारिएको छ, अहिले ती नागरिकलाई क्वारेनटाइनमा राखिएको छ, प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभयो,’–“कुनै देशका नागरिक विभिन्न कारणले नेपाल आउन सक्छन्, सोही अनुसार ती पाकिस्तानी नागरिक नेपाल आएका होलान । अहिले क्वारेनटाइनमा राखेका छौं ।”

क्वारेनटाइनमा राखिएका ती पाकिस्तानी नागरिकसंग अरु कोही आएको छ कि छैन भन्नेबारे अनुसन्धान भैरहेको पौडेलले बताउनुभयो । कोरोनाको संक्रमण उच्च हुने देखिएको कारण विदेशबाट आएका नागरिकको बारेमा गम्भीर चासो राख्नु स्वभाविक हो, उहाँले भन्नुभयो, ‘यी नागरिकसंग पनि अनुसन्धान गरिरहेका छौं ।’

भारतीय अखबारले कोरोनाको संक्रमण बढाएका तबलिगी जमातीहरु कृष्णनगर क्षेत्रमा रहेको दाबी गर्नु र पाकिस्तानी नागरिक फेला पर्नुलाई त्यस क्षेत्रका नागरिकले गम्भीर चासोका रुपमा हेरेका छन । विशेष समाचार सुत्रका अनुसार ती पाकिस्तानी नागरिकले मस्जितमा अध्यापनको रुपमा काम गर्ने गरेका थिए । तेस्रो मुलुकबाट आउने व्यक्तिहरु सामान्यतया घुमफिरका लागि आउँछन । ती पाकिस्तानी नागरिक यहाँ आएर मस्जितमा अध्यापनको काम किन गरे ? चन्द्रौटाका बुद्धिजिवीले शंका गर्न थालेका छन् । स्रोतका अनुसार दर्जन बढी अरु जमातीहरु रहेको भएपनि मिडियामा खबर आउपछि लुकेर बसेको हुन सक्ने दाबी छ ।

तबलिगी संगठन मुस्लिक धर्महरुको प्रचारक संस्था हो । नेपालमा जनसंख्याका हिसाबले दोस्रो ठूलो मुस्लिम बाहुल्यता रहेको कपिलवस्तुमा सयौं मस्जित सञ्चालनमा छन् । कोरोना संक्रमणको दर भारतमा उच्च हुनुमा दिल्लीको एक कार्यक्रममा यही तबलिगी जमातीहरुले भेला गरेपछि भएको भारतमा गम्भीर आरोप छ ।

नेपालको खुल्ला सिमा नाकाको कारण संयौं जमातीहरु मस्जितमा रहेको दाबी विभिन्न क्षेत्रबाट भैरहेको छ । गत बर्ष मात्र भारतीय मिडियाले कृष्णनगरका मस्जितमा आतङ्कारी बसेको हवला दिदै समाचार प्रकाशन तथा प्रशारण गरेका थिए ।

शनिबार फेला परेका पाकिस्तानी नागरिकलाई अहिले कोरोना संक्रमणको आशंकामा क्वारेनटाइनमा राखिएको सरकारी अधिकारीहरुले दाबी गरेका छन् । शिवराज–३ को क्वारेनटाइनमा राखिएका ती पाकिस्तानी नागरिकको स्वाव परिक्षण गराउने तयारी गरिएको छ ।  – मायादेवि अनलाईनबाट