शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

गुल्मीमा जिप दुर्घटनामा एक जनाको मृत्यु , ७ जना घाइते

गुल्मी : गुल्मीमा जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ। ७ जना घाइते भएका छन्। दुर्घटनामा परेर सत्यवती गाउँपालिका वडानम्बर-८ भार्से  निवासी ३२ वर्षकी  कमला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) शंकर पोखरेलले बताए।

सोमबार बिहान कालिगण्डकी  गाउँपालिका वडा नम्बर-४ ओक्याङस्थित भित्री कच्ची सडकमा चन्द्रकोटबाट  पूर्तिघाटतर्फ जाँदै गरेको ग२च ३२६२ नम्बरको बलेरो डबल क्याप गाडी आफैँ अनियन्त्रित भई सडकदेखि अन्दाजी ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ। जिपमा ८ सवार रहेका थिए।

घाइते ७ जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेको डिएसपी पोखरेलले बताए। घाइते सबैलाई थप उपचारको लागि पाल्पा पठाएको छ।

दुर्घटनामा परेर २९ वर्षका  केशव राना, ३७ वर्षकी रीता छन्तेल, ४ वर्षकी ईरिसा छन्तेल, २६ वर्षको अजय नेपाली, ७५ वर्षका टेकबहादुर काला, ४६ वर्षका दुरपति बराल, २३ वर्षका मेख बराल घाइते भएको प्रहरीले जनाएको छ।

घटनाबारे उद्दार अनुसन्धानका लागि पूर्तिघाट प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक  घनश्याम रिमालको कमाण्डमा ५ जनाको टोली खटिगएको छ।