शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

खयरभट्टीमा ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अन्तरकृया कार्यक्रम गरिने

रातोप्रेस/ अर्घाखाँची । ११४ औँ अन्र्तराष्ट्रिय महिला दिवस-२०८० को अवसरमा शितगंगा-११ खयरभट्टीमा अन्तरकृया कार्यक्रम आयोजना गरिने भएको छ । शितगंगा-११ वडा कार्यालयको आयोजनामा फागुन २५ गते वडा कार्यालय खयरभट्टीमा कार्यक्रमको आयोजना गरिने भएको हो ।

“महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी” विषयमा अन्तरक्रिया, छलफल तथा विविध कार्यक्रम आयोजना गरिने वडा अध्यक्ष नवराज भुसालले बताउनु भयो ।

कार्यक्रममा महिला समुहका अगुवा दिदिबहिनी, महिला नेतृ, महिला शिक्षक तथा कर्मचारी लगायत सम्पुर्ण सरोकारवालाहरू उपस्थितिको लागि अनुरोध गरिएको अध्यक्ष भुसालले जानकारी दिनु भयो । कार्यक्रम बिहान १०:३० बजेबाट सुरू हुने जनाइएको छ ।