के सम्झनु, किन समय फाल्नु ?
जे फाल्नु छ नेपाल बस्दा फाल्नु ।
खोया फाले किसानकै छोरा सम्झन्छन ।
मुक्का हन्दा लाल सलाम सम्झन्छन ॥
के सम्झनु ति बाँदरहरुको हुल ?
हाँस्यो दुरुस्तै हाँसेर गिज्याउँछन ।
रोयो बाँदरले घेरा हाले झैं घेरा हालेर चियाउछन ॥
के सोँच्नु जब देश नै लाचार बनेको छ ।
भेँडाहरुको ठुलो आकार बनेको छ ॥
घण्टेहरु घण्टी बोक्दै आउँछ ।
कागहरू काठ लिएर आउछन ।
फल्नो बा लभ्यु रे
आफ्नो बा अघि अर्को बा बनाउछन ।
किन सोच्नु कसको लागी बोल्न डराउनु ?
चर्पीमा पानी र नेताको अर्तीमा आशु सकाउनु ।
अरु कै छैन काम त्यै ।
गाडी जलाउनु ढुङगा समाउनु ॥
उसले भन्यो खेत बाँझो छ धान फलाउनुपर्छ ।
देश बनाउन देशमै पसिना बगाउनुपर्छ ।
प्रदेश बसेर गफ मात्र अब नेपालमै कमाउनु पर्छ ॥
जवाफमा अब फर्केर के मैले हलो जोत्नु ?
रगत बगेको देश हो कुन ठुलो कुरो हो पसिना बग्नु ।
यस्ता पादरीहरु चर्च जानेलाई झुकाउनु ।
म मन्दिर जाने मान्छे हो ।
मलाई नजिस्काउनु ॥
– माधव प्रसाद बेल्बासे ‘मौन’