शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

आज एकादशीमा शितगंगाको ऐतिहासिक शक्तिपीठ मन्दिर मगराकोटमा सँराय नाचसँगै फुलपाति विर्सजन हुने

विक्रम आचार्य/ शितगंगा ।

लोप हुन लागेको संस्कृतीको संरक्षण गर्ने उद्देश्यका साथ शितगंगाको ऐतिहासिक शक्तिपीठ मगराकोट माई भगवती मन्दिर कोटमा आज एकादशीका दिन सँराय नाच तथा फुलपाती विर्सजन कार्यक्रमका आयोजना हुने भएको छ ।

शितगंगा-७  मा सदियौँ देखि चलि आएको एकादशीको दिन सराय नाच अहिले पनि सभ्य भव्य तरिकाले गरि फुलपाती विर्सजन गर्ने कार्यक्रम रहेको र यो ऐतिहासिक सक्ति पिठ भगवती मन्दिर रहेकोले सबैलाई दर्शन तथा अवलोकन गर्न आम जनसमुदायमा निमन्त्रणा गरेको स्थानिय घन बहादुर सारुले बताउनु भयो ।

मन्दिरको नजिक विगत्‌मा भुरे राजाहरु बसेको अनुमान गर्न सकिन्छ त्यहा एउटा इनार छ अनि बारुद पिस्ने ढुङ्गा पनि रहेको छ त्यसैले ऐतिहासिक शक्ति पीठ मानिएको हो ।