शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

भोली एकादशीमा अर्घाखाँचीको हर्रेमा सँराय नाचसँगै साँस्कृतिक कार्यक्रम हुने

रातोप्रेस डटकम/ सिद्धारा, अर्घाखाँची ।

लोप हुन लागेको संस्कृतीको संरक्षण गर्दै स्थानिय कला प्रतिभाको विकास गर्ने उद्देश्यका साथ अर्घाखाँचीको हर्रेमा भोली एकादशीका दिन सँराय नाच तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।

शितगंगा नगरपालिका वडा नं. १० हर्रेमा भोली कार्तिक ८ गते हुने कार्यक्रममा विभिन्न स्थानिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा विभिन्न झांकि प्रस्तुती रहने सँस्कृति बचाउ समूहका अध्यक्ष सन्तोष पोख्रेलले जानकारी दिए । उनका अनुसार दिउँसोमा सराय नाच र साँझ स्थानिय संस्कृती झल्किने नाचहरु देखाइने बताए ।

उक्त कार्यक्रममा जिल्ला तथा शितगंगा स्थित विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहने बताइएको छ । कार्यक्रम सन्चालन हुने दिन नजिकिदै गर्दा प्रचारप्रसारलाई तिव्र पारिएको सचिव डाल बहादुर विकलेले जानकारी दिएका छन ।