शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

अन्तर्वार्ता : पार्टीले अन्याय गरे पनि वडाबासीले न्याय गर्नुहुन्छ – भट्टराई

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ९ मा स्वतन्त्र उमेद्वार खेमराज भट्टराईले वडा अध्यक्ष पदमा उमेदवारी दिएका छन । वि.सं. २०४६ सालदेखि आबद्ध रही वि.सं. २०४८ सालमा संगठित सदस्य रहनु भएका भट्टराई नेकपा (एमाले) को गाउँ कमिटी अध्यक्ष, नगर कमिटी सदस्य हुदैं जिल्ला कमिटीमा सदस्यमा समेत रहेर कृयाशिल रहेका थिए । भट्टराईले २०७४ सालको स्थानीय चुनावमा पार्टीका उमेदवारलाई जिताउन सकृय भुमिका खेलेका थिए । तर वैशाख १२ गते पार्टीको तर्फदेखि उमेदवारको टिकट पाउने आशामा रहेका उनी यस अघि वडा अध्यक्षको टिकट पाएका खुमानन्द न्यौपानेले आफु नउठने भन्दै हात उठाएपनि पार्टीले जबरजस्ती टिकट थमाएको भन्दै उनले पार्टीबाट राजिनामा दिए । एमालेबाट राजिनामा दिएका उनले स्वतन्त्र उमेदवारका रुपमा वडा अध्यक्षमा उमेदवारी दर्ता गएका छन । स्वतन्त्र उमेदवारका रूपमा रहेका भट्टराईले आफ्नो चुनावी अभियान कसरी अगाडि बढाइरहेका छन् ? उनका योजना र प्राथमिकता के के छन् ? यी लगायत विभिन्न विषयमा केन्द्रित रहेर रातो प्रेस डटकमका लुम्बिनी प्रदेश ब्युरोले भटराईसँग गरेको संक्षिप्त कुराकानी :

१. चुनावी अभियानका क्रममा मतदाताको कस्तो प्रतिक्रिया छ ?

स्वतन्त्र उमेदवारका रूपमा चुनावी घरदैलो अभियानमा जाँदा सबै पार्टीमा रहेका मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएको छु । सबैले हौसला दिनु भएको छ । यसअघि निवार्चित जनप्रतिनिधीबाट असन्तुष्ट रहेका कारणले पनि धेरै मतदाताले सहानुभूति व्यक्त गर्नुभएको छ । उहाँहरुको प्रतिक्रिया हेर्दा चुनाव सहजै जित्नेमा म ढुक्क छु ।

२. चुनाव जित्ने आधार चाहीँ के छन् ?

यस वडाको विकासका लागि मसँग धेरै नयाँ नयाँ योजनाहरू छन । ति नयाँ योजनाका साथ मैले वडाको विकासलाई अगाडि बढाउने संकल्प लिएको छु । वडाको विकासमा वडाका सबै दलको सम्मानजनक सहभागीताको लागि ढोका खुल्ला गर्नेछु । सबै राजनीतिक दलको सहभागीतामा नगर, प्रदेश र केन्द्र सरकारबाट योजना माग गरी वडाको सबै क्षेत्रलाई समेटेर विकास निर्माणको कार्यलाई अगाडि बढाउँछु ।

३. चुनाव जितेपछि तपाईंका प्राथमिकताका क्षेत्रहरु के के रहन्छन् ?

कृषि पहिलो प्राथमिकताको क्षेत्र रहनेछ । जसमा कृषक अनुदान, कृषक प्रोत्साहन, कृषि उपजको बजारिकरणलाई जोड दिइनेछ । दोस्रो प्राथमिकता भनेको शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तर विकास गर्ने मेरो प्रयत्न रहने छ । त्यसैगरी युवा तथा महिला उद्धमीलाई प्रोत्साहन, फोहरमैला व्यवस्थापनका लागि मैले योजना बनाएर काम गर्नेछु ।

४. २०७४ को स्थानीय चुनावमा तपाईकै प्रतिस्पर्धी रहेका एमालेका उमेद्वारले जितेको क्षेत्र हो, उनको त्यो प्रभाव क्षेत्र भत्काउन कत्तिको चुनौती देख्नु भएको छ ?

गएको निर्वाचनमा मैले नै जिताएको उम्मेदवार मेरो प्रतिस्पर्धी हुनुहुन्छ । यसो भनिरहँदा करी उहाँको प्रभाव क्षेत्र भयो भन्नुस त ? म एउटा निष्ठा र इमान्दार स्वतन्त्र उमेदवार हुँ । त्यसैले मलाई एमाले, कांग्रेस, माओवादी, राप्रपा, जसपा लगाएतले पनि मतदान गर्ने हुदाँ अहिले मत परिणाम मेरो पक्षमा ल्याउन सकिन्छ । यस पटकको निवार्चनमा वडाबासीहरुको मन बदलिएको छ । विगतमा मैले जनताको सेवा गरेको कारणले पनि वडाबासीको धेरै माया पाएको छु । सबैको सद्भाव पाएकाले चुनाव जित्नेमा म निश्चिन्त छु ।

५. स्वतन्त्र उमेदवार सिमितै व्यक्तिले मात्र जितेको पाईन्छ, तपाईले त्यसलाई कसरी लिनु भएको छ ?

पछिल्लो समय नागरिक पार्टीप्रति रुष्ट छन । देशमा व्यवस्था फेरिएपनि नागरिकको अवस्था दिनानुदिन झनझन नाजुक बन्दै गईरहेको छ । पार्टीको टिकट पाएर जितेका व्यक्ति पार्टीप्रति बफदार हुनु पर्छ भने स्वतन्त्र रुपमा जित्ने जनताप्रति बढी बफदार हुनु पर्छ । परिस्थिति हिजोको छैन । यस्ता झिना मसिना कुराले असर गर्दैन ।

६.  ल तपाईको जितको लागि शुभकामना छ ! अमुल्य समय उपलब्ध गराईदिनु भएकोमा तपाईलाई धन्यवाद ।

तपाईलाई पनि धन्यवाद ! मलाई मेरा विचार राख्ने अवसर प्रदान गर्नु भएकोमा रातो प्रेस डटकम मिडियाका टिम प्रति आभार व्यक्त गर्दछु । त्यसैगरी आगामी निर्वाचनमा मेरो उम्मेदवारी सँगै सम्पूर्ण बुद्धभूमि- ९ का वडाबासीको साथ र समर्थनबाट जित निश्चित हुनेमा विस्वस्त छु । यसमा मलाई  सम्पूर्ण पार्टीका नेता कार्यकर्ता, वडाबासी जनताको सहयोग र सद्भावना मिल्ने आशा र अपेक्षा गर्दछु ।