शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

अज्ञात समूहद्वारा वडा अध्यक्ष सहित रातो प्रेसका संचारकर्मीमाथि आक्रमण

अर्घाखाँची । रातो संचार प्रालीद्वारा संचालित रातोप्रेस डटकमका फोटो/भिडियो पत्रकार मनिष खनाल र अर्का वरिष्ट समाचारदाता अरुण आचार्य सहित शितगंगा नगरपालिका वडा नं. ११ का अध्यक्ष कपिल आलेमाथि आक्रमण भएको छ । शनिवार सोही वडाको विषयमा वृत्तचित्र निर्माण एवं समाचार संकलन लागि निस्केका क्रममा आज उनीहरू माथि आक्रमण भएको हो ।

४-५ जनाको समूहमा आएका हतियारधारी एक अज्ञात समूहले आफ्नो समूहलाई प्रगतिशील क्लब बताउदै बिना अनुमती हाम्रो क्षेत्रमा प्रवेश गरी फोटो तथा भिडियो संकलन गरेको भन्दै संचारकर्मीद्वय र वडा अध्यक्ष सहितको टोलीमाथि हातपात गरीएको थियो । उनीहरूको साथमा भएका ड्रोन क्यामेरा १ थान, क्यामेरा ३ थान, बोबाईल सेट ५ थान (एन्ड्रोईड), पर्स, वडाका कागजात, वडाका १३ जना नागरिकका सक्कल नागरिकता, चेकबुक, एटियम कार्ड (६ वटा) मोटर साईकलको बिलबुक (२ जनाको), ड्राईभिङ लाईसेन्स (३ जनाको), प्रेस कार्ड, वडा अध्यक्षको परिचय पत्र लगाएत नगद ३० हजार लुटेर लगेका छन । करिब १६ लाख भन्दा बढीको सामान लुटेको बताईएको छ ।

शनिबार शितगंगा नगरपालिका वडा नं. ११ को खयरभट्टी, फोर्सल, मुल, लामाद्विप, चावादिप, खर्क, सेमलद्विप, चिउरीदमार, गाईघाट, बोक्से, ढोउले पाटा, चावेनेटा हुदैं रातोप्रेसका संचारकर्मीहरु दोबाटोमा आउने क्रममा आक्रमण भएको हो । वडा नं. ११ को अत्यन्तै बिकट क्षेत्रको अवस्था, त्यहाँका नागरिकको जनजिवन, भौगोलिक तथा प्राकृतिक क्षेत्र, विकास निर्माण र पर्यटनको सम्भावनाको विषयमा वृत्तचित्र तथा समाचार संकलन भइरहेको समयमा दिउँसो १२: १० बजे आक्रमण भएको थियो । शितगंगा नगरपालिका वडा नं. ११ को चाबनेटा र दोबाटाको बिच जंगलबाट संचारकर्मी र जनप्रतिनिधी माथि हातपात गरेमा हुन् । आक्रमणबाट एकजना पत्रकार मनिष खनालको नाक र आखाँमा चोट लागेको पिडितले जानकारी दिएका छन।

‘हामी दोबाटाको लागि फोटो र भिडियो खिच्न बाटोमा हिड्दै थियौं, अचानक हतियार सहित आएका चार-पाँच जनाको अज्ञात समूहले हाम्रो अनुमति विना किन आएको ? फोटो किन खिचेको ? भन्दै हातपात गरी हामीसँग भएका सम्पूर्ण सामान लुटेर लगे,’ अरुण आचार्यले भने ।

वडा अध्यक्ष र संचारकर्मीहरू माथि आक्रमणको घटना थाहा पाएसंगै प्रहरीले उक्त समूहको खोजी कार्य गरि रहेको छ । घटनाका विषयमा नेपाल प्रहरीद्वारा खोजतलास तथा अनुसन्धानको कार्य जारी छ । पिडित पक्षले घटनाको घोर भत्र्सना गर्दै दोषीमाथि कडा भन्दा कडा कारबाहीको माग गरेका छन ।

पछिल्लो समय बढ्दो आक्रमणले पत्रकारहरुको प्रेस स्वतन्त्रतामाथि हमला हुने खतरा बढेकाले प्रशासन र सम्वद्ध पक्ष सबैको ध्यान जान जरुरी छ ।