बिहिबार, जेष्ठ २, २०८२

श्री मजुरे डाँडा सामुदायिक वन उपभोक्ता समूहको २९ औं साधारणसभा सम्पन्न

अर्घाखाँचीको शितगंगा –१२ पत्थरकोटमा रहेको श्री मजुरे डाँडा सामुदायिक वन उपभोक्ता समूहको २९ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारण सभामा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष चोप बहादुर घर्तीले वन संरक्षणसंगै सम्बर्धनमा अघि बढ्नुपर्ने बताए । विशिष्ट अतिथि वाणगंगा सव डिभिजन वन वरिष्ठ अधिकृत अर्जुन प्रसाद चापागाइले नेपालको समृद्धिका लागि वन क्षेत्र उपयुक्त माध्यम भएको बताउँदै सामुदायिक वनको विकासका लागि आफुले कार्यालयको तर्फबाट र आफ्नो तर्फबाट सहयोग रहने बताए । वनलाई अध्ययन अनुसन्धानको थलो बनाउनुपर्ने बताउँदै वन क्षेत्रमा जडिबुटि र वन्यजन्तुको संरक्षण एवं आयआर्जनको काम समेत गर्नुपर्ने धारणा राखे ।
साधारणसभामा संस्थाका अध्यक्ष प्रदिप बिसीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष तुल्सिराम पन्थीले आयव्यय विवरण र सचिव रमा बेल्बासेले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

शितगङा नगरपालिका नगरकार्यपालिका सदस्य विष्णु भट्टराई, वरिष्ठ फरेस्टर एम केसी, वन रक्षक शुनिल घर्ती मगर, स्थानिय समाजसेवी, अगुवा लगाएतको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव रमा बेल्बासेले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष प्रदीप बिसीले वन सबै जनताको भएकोले वनको आगामि अनुमानित बजेट १ करोड १० लाख रुपैयाँ सबै टोललाई समानन्तर तरिकाले विनियोजन गरि विकासका काम गर्ने बताउनुभयो ।

कार्यक्रममा ३० जना जेष्ठ नागरिक र ६ जना अपाङ्ग हरुलाई नगद सहित समान गरिएकोथियो ।